विकास र समृद्धिको अभियानमा जुटौं ः अध्यक्ष तिमिल्सिना

विकल्प न्यूज/बेनी
माघ २४ गते ।

 राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको विकास र समृद्धिको अभियानमा जुटन अनुरोध गर्नुभएको छ । निजिक्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिबेशनको बेनीमा उदघाटन गर्नुहुदै अध्यक्ष तिमिल्सिनाले नीजि क्षेत्र र सरकार मिलेर मुलुकलाई आर्थिक विकास र समृद्धिको बाटोमा लैजानुपर्ने विचार व्यक्त गर्नुभयो ।

राजनीतिक स्थिरता,शुसासन,न्याया र समृद्धिको अभियानलाई दलहरुले अगाडि बढाउनुपर्ने उहाँको भनाई थियो । संविधान बनेपछिको निर्वाचनबाट स्थिर सरकार बनेकाले मुलुक आर्थिक विकास र समृद्धिको दिशातर्फ अगाडि बढेका समयमा सत्तापक्षकै किचलोका कारण अस्थिरता निम्तिन लागेको उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वौच्च अदालतमा पुगेकाले अदालतले गर्ने फैसला पर्खेर बस्नु नै उत्तम हुने उहाँले बताउनभुयो । संविधानको अन्तिम व्यख्याता सम्मानित अदालत भएकाले अदालतले गर्ने निर्णयलाई राजनीतिक दलहरुले पर्खनुपर्ने उहाँको भनाई थियो । अदालत माथि विश्वास गरेर नै अदालतमा पुगेकाले त्यसबाट आउने निर्णय सम्म धैर्यतापूर्वक बस्नुपर्ने उहाँको भनाई थियो । अदालतले गर्ने निर्णयलाई स्विकार गरेर अगाडी बढ्न दलहरुलाई उहाँको सुझाव थियो ।

अध्यक्ष तिमिल्सिनाले अदालतको फैसला नआउँदै पक्ष र विपक्षमा गरिएका राजनीतिक कार्यक्रमहरुले मुलुकलाई अस्थिरता र मुठभेड तर्फ लैजाने सक्ने चिन्ता व्यक्त गर्नुभयो ।

‘यदी अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गरेमा निर्वाचनको मिति घोषण भएको छ । निर्वाचनको वातारण बनाउन दलहरुले सहयोग गर्नुपर्दछ, विघटनलाई बदर गरे संसद पुर्नस्थापना भएर मुलुक अघि बढ्छ’ अध्यक्ष तिमिल्सिनाले भन्नुभयो‘‘त्यो समय सम्म शान्तसँग कुरेर बसौं । बन्द अड्ताल,नाराजुलुसले मुलुक मुठभेड तर्फ जन्छ र नोक्सानी मात्र हुन्छ ।’’

अवको अभियान भनेको राजनीतिक स्थिरता,शुसासन र न्याया भएको बताउँदै समृद्धिको दिर्शा तर्फ मुलुकलाई लैजानुका साटो दलको आन्तरिक किचलोका कारण मुलुक फेरी अस्थिरता तर्फ जान्छ की भन्ने आशंका जनतामा बढेको उहाँको भनाई थियो ।

स्थिरता,शुसान, विकास र समृद्धिका लागि पाँचवर्ष सरकार टिक्नुपर्ने हो । तर आफ्नै दल भित्रको किचलोका कारण संसद विघटन भएको उहाँको भनाई थियो । सत्ता पक्ष आफै झगडा गरेर जनतमतप्रति कुठराघात भएको उहाँले बताउनुभयो ।

मुलुक विकास र समृद्धिको अभियानमा अगाडि बढेकाले नीजि क्षेत्रले त्यसका लागि आवश्यक वातावरण बनाउनुपर्ने उहाँको भनाई थियो । जलविद्युतको राम्रो संभावना भएको म्याग्दीमा उत्पादन भएको विद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्नका लागि प्रशारण लाइन र सब–स्टेशन निर्माण भएको बताउँदै अध्यक्ष तिमिल्सिनाले जलविद्युत विकासका लागि नीजि क्षेत्र लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

राष्ट्रिय महत्वको सडक बेनी – जोमसोम सडक निर्माणमा भएको ढिलासुस्तीप्रति चिन्ता व्यक्त गर्दै आफूले सम्बन्धित निकायमा सक्दो पहल गर्ने उहाँले बताउनुभयो । विकास योजनाहरुमा भएको ढिलासुस्तीका लागि जिल्लास्थित राजनीतिक दल र सरोकारवाला निकायहरुको निरन्तर खबरदारी हुनुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा विघटित प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापा,संविधानसभाका सदस्य रेशम बहादुर बानियाँ,नबराज पौडेल र गण्डकी प्रदेशका सांसद विनोद केसीले जिल्लाको आर्थिक विकास र समृद्धिका लागि सरकार र नीजि क्षेत्रले मिलेर अगाडी बढ्नुपर्ने धाराणा व्यक्त गर्नुभयो ।