महिला उद्यम विकास समितिमा नयाँ नेतृत्व चयन

विकल्प न्यूज/बेनी
माघ १८ गते ।   म्याग्दी उद्योग बाणिज्य संघ अन्तर्गत रहेको महिला उद्यम विकास समितिको आइतबार सम्पन्न आठौ साधारणसभा तथा छैटौ अधिबेशनले लक्ष्मी भण्डारीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ समिति चयन गरेको छ । 

समितिको वरिष्ठ उपाध्यक्षमा वरिष्ठ उपाध्यक्ष अम्विका श्रेष्ठ ,प्रथम उपाध्यक्ष विष्णु गुरूङ, द्धितिय उपाध्यक्ष सृजना भट्टचन ,महासचिव जानकी विश्वकर्मा ,कोषाध्यक्ष दिलु घताने ,सचिव प्रमिला श्रेष्ठ, सहसचिव गिता शर्मा ,सहकोषाध्यक्ष गिता रिजा शर्मा, सह सहसचिवमा राधिका सापकोटा सर्वसम्मत रुपमा चयन भएका हुन । 

यसै गरी समितिको सदस्यहरुमा तेज कुमारी महत,कमला सुवेदी,संगिता श्रेष्ठ,गंगा खत्री,मिरा बराइली,रंजिता बराल,नविना रावल,धनदेवी भण्डारी,चमन श्रेष्ठ,र गोमा शर्मा निर्वाचित भएको निवर्तमान सभापति सुनिता केसीले जानकारी दिनुभयो । यसैगरी आमन्त्रीत सदस्यहरुमा संगिता श्रेष्ठ,सरिता श्रेष्ठ,गंगा थापा,विष्णु गौतम र अस्मी महत चयन हुनुभएको छ ।