कोरोना खोप लगाउने तयारी

काठमाडौँ, माघ ११ गते ।

नेपालमा पहिलो कोरोना सङ्क्रमित व्यक्ति पुष्टि भएको एक वर्षमा कोरोना (कोभिड–१९)विरुद्धको खोप आएको छ । बेलायतको अक्स्फोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरी भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामको १० लाख खोप बिहीबार काठमाडौँ आइपुगेको हो ।

यो खोप आइपुगेसँगै यसबारे सर्वसाधारणको मात्रै नभई स्वास्थ्यकर्मीहरूको पनि चासो बढेको छ । सरकारद्वारा खोप वितरण, खोप लगाउने व्यक्तिलाई तालिम र खोप लगाइने व्यक्तिको छनोट जस्ता काम धमाधम भइरहेका छन् ।

कोरोनाविरुद्धको खोप लगाउन सरकारले व्यापक तयारी गरेको छ । देशभरका १५० जना खोप अधिकृतलाई स्वास्थ्य सेवा विभागले तालिम दिइसकेको छ भने बाँकी खोप कार्यकर्तालाई पनि तालिम दिने तयारी गरिरहेको छ ।

आइतबार नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशका खोप भण्डारणमा कोरोनाविरुद्धको खोप पठाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. झलक गौतमले कोरोना खोपको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो ।

कोरोना खोपसँग प्रत्यक्ष रूपमा संलग्न रही खोप वितरण र खोप लगाउने कार्यको तयारी गरिरहनुभएका स्वास्थ्यकर्मीसँग कुराकानी गरिएको छ । उहाँहरूको विचार यहाँ प्रस्तुत गरिएको छ ।

तयारी भइरहेको छ
डा. झलक गौतम
परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख
कोरोनाविरुद्धको खोप लगाउने तयारी भइरहेको छ । आइतबारदेखि खोप प्रदेशमा पठाइने छ र त्यहाँको खोप भण्डारणमा राखिन्छ । त्यसपछि जिल्लामा पठाइने छ । त्यसपछि जिल्लाका खोप केन्द्रबाट खोप लगाउन सुरु गरिने छ । खोप लगाउन जनशक्ति तयारी गर्ने काम भइरहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयद्वारा तोकेका खोप कार्यकर्तालाई मात्र तालिम दिइने छ । पहिलो चरणमा अग्रपङ्क्तिका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने जनशक्ति, स्वास्थ्य स्वयम्सेविकालाई खोप दिइने छ । अहिले खोप लगाउन सुरु गरिने दिन तोकिएको छैन । स्वास्थ्य कार्यालयले खोप दिने व्यक्तिको सङ्ख्या तय गर्नेछन् । उनीहरूलाई तालिम दिइने छ ।
खोप लगाउने तरिका एउटै हो । कोरोनाविरुद्धको खोप मासुभित्र दिइने छ । अरू धेरै फरक प्रक्रिया अपनाउनुपर्ने छैन । खोप लगाउने स्वास्थ्यकर्मीलाई केही प्राविधिक कुरा मात्र भन्नुपर्ने हुन्छ । अन्य खोप घोल्नुपथ्र्याे, कोरोनाविरुद्धको खोप घोल्नुपर्दैन । पहिलेका खोप हल्लाउनुपथ्र्याे, यसलाई पर्दैन । पहिले लगाइएका नियमित खोपहरू जस्तै हो । घाममा देखाउनु हँुदैन, शीतलमा राख्नुपर्छ । तापक्रम मिलाएर राख्नुपर्छ ।
हालसम्म सातवटै प्रदेश र केन्द्रमा गरेर उच्च तहका १५० जना व्यक्तिलाई खोपसम्बन्धी तालिम दिइसकेका छाँै । जुन व्यक्ति नेतृत्व तहमा रहेको छ, त्यस व्यक्तिलाई तालिम दिइएको हो । जिल्ला स्वास्थ्य कार्यालयले तोकेका खोप कार्यकर्तालाई भने तालिम दिइने छ ।

१८ वर्ष माथिकालाई मात्रै खोप
एकनारायण लम्साल
खोप अधिकृत तथा प्रमुख, स्वास्थ्य कार्यालय, म्याग्दी
कोरोनाविरुद्धको खोप अन्य खोपजस्तै भए पनि नयाँ खोप भएकाले केही कुरामा ध्यान दिनुपर्छ । नियमित खोप दुई वर्षभन्दा मुनिका बच्चालाई दिइन्थ्यो भने कोरोना भ्याक्सिन १८ वर्ष माथिका उमेर समूहलाई मात्र दिइने छ । नयाँ भएकाले खोप लगाइसकेपछि देखिनसक्ने प्रतिकूल असरबारे पनि ध्यान दिनुपर्छ । खोप लगाइसकेपछि आधा घण्टा स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने हुन्छ । निगरानीमा राख्ने ठाउँको पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ । खोप लगाउनुअघि खोप लगाइने व्यक्तिको मेडिकल हिस्ट्री लिइने छ । उसको प्रतिरोधात्मक क्षमता कस्तो छ भनेर पहिचान गरिन्छ ।

 

‘मेडिकल हिस्ट्री’ महìवपूर्ण
गोकर्ण गिरी
प्रमुख, स्वास्थ्य कार्यालय, बर्दिया
कोरोना भाइरस विश्वकै नयाँ हो र यसविरुद्ध आएको खोप पनि बिल्कुलै नयाँ भएकाले यसप्रति सर्वसाधारण मात्र नभएर स्वास्थ्यकर्मीको चासो छ । तालिम दिने, खोप लगाउने कार्यको तयारीमा लागिएको छ । खोप लगाइने व्यक्तिको पनि पहिचान भएको छ । गर्भवती, कुनै पनि एलर्जी भएका व्यक्तिले खोप लगाउनु हँुदैन ।
नियमित खोपमा केही पनि सोधिँदैन थियो । कोरोनाविरुद्धको खोपमा उसको मेडिकल हिस्ट्री महìवपूर्ण छ । मेडिकल हिस्ट्रीदेखि, रोग प्रतिरोधात्मक क्षमता, अन्य रोग, एलर्जी छ, छैन भनेर प्रस्ट हुनुपर्ने हुन्छ ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।