म्याग्दीको उद्योग वाणिज्य संघको ११ औं अधिवेशनको मिति स¥यो

विकल्प न्यूज/बेनी
पुस १६ गते ।

निजी क्षेत्रको छाता  संगठन म्याग्दी उद्योग वाणिज्य संघको ११ औं अधिबेशन तथा २७ औं साधारणसभा माघमा हुने भएको छ । गण्डकी प्रदेशस्तरीय महाधिवेशन, स्थानीय तहमा गठिन इकाईको साधारणसभाका लागि प्रयाप्त नपुगेपछि यसअगाडी तय गरिएको पौस १८ गतेको अधिवेशनलाई माघ २४ गते गर्ने निर्णय भएको महासचिव लिलाराम गौतमले जानकारी दिनुभयो ।

बुधबार बसेको संघको कार्यसमितिको पूर्ण वैठकले आगमी नेतृत्व चयनका लागि अधिवेशनका साथै विभिन्न कार्यक्रमहरु समेत रहेको महासचिव गौतमको भनाई छ।

करिब २२ सय साधारण सदस्य रहेको उद्योग वाणिज्य संघको अधिवेशनले पदाधिकारी सहित ३७ सदस्यीय कार्यसमिति चयन गर्ने छ । संघको अधिवेशन अगाडि संघ अन्तर्गत स्थानीय तहमा रहेका इकाई र महिला उद्यम विकास समितिको अधिवेशन गर्ने गरी तयारी गरिएको छ । यसपटक पनि सहमतिमै अध्यक्ष लगायत पदाधिकारी र सदस्यहरु चयन हुने व्यवसायीहरुले विश्वास व्यक्त गरेका छन् ।

उवासंघलाई म्याग्दीमा निजि क्षेत्रको एक बलियो संस्थाका रुपमा लिने गरिन्छ । यसपटकको अधिवेशनलाई भब्य सहित सम्पन्न गर्न आवश्यक सहयोग सहित तयारीमा जुट्न समेत अध्यक्ष कर्माचार्यले अनुरोध गरेका छन् । म्याग्दी उवासंघले कालिपुल बसपार्कमा बनाउँदै गरेको स्तम्भको उद्घाटन समेत अधिवेशनकै दिन गर्ने गरी तिब्रता दिएको छ ।

अधिवेशनका अवसरमा संघले जिल्लाको आर्थिक विकास र समृद्धिका पक्षमा निरन्तर कलम चलाउने एकजना पत्रकारलाई पचास हजार रुपियाँ नगद पुरस्कार सहित सम्मान गर्ने भएको छ । संघले आयोजना गरेको म्याग्दी भ्रमण वर्ष २०७५ लाई सफल बनाउन पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउने एकजना पत्रकारलाई पुरस्कार सहित सम्मान दिने घोषण गरिएको थियो ।