ताजा समाचार:
Search

एक लाख नगद सहित सपनालाई एनआरएनएकाेे सम्मान

विकल्प न्युज / काठमाडौ

मंसिर २१ गते ।

बीबीसीको १०० प्रभावशाली महिलामा पर्न सफल  म्याग्दीकि  सपना राेक्का मगरललाई गैरआवासीय नेपाली संघ एनआरएनएले नगदसहित सम्मान गरेको छ।

गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा भएकाे पहिलो विश्व युवा सम्मेलनमा मगरलाई सम्मान गरिएको हाे।

उनलाई एक लाख एक हजार रुपैयाँ नगद र सम्मानबाट सम्मान गरिएको हाे।

सो अवसरमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, वर्तमान अध्यक्ष कुमार पन्त, एसिया प्रशान्त क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठ, एसिया प्रशान्त क्षेत्रीय उप संयोजक खगेन्द्र न्यौपाने, पारणमणी पोखरेल, युवा संयोजक दिपक कँडेल, मध्यपूर्व उपक्षेत्रीय संयोजक मनोज गोर्खालीलगायतको उपस्थिति थियो। सेताेपाटि