एकआपसमा विवाद गरेर देशलाई कसरी निकास दिन सकिन्छ त ?

शान्ति बस्नेत/विकल्प न्यूज
मंसिर १४ गते ।


नेपालीमा उख्खान छ नि ‘जुन जोगी आए पनि कानै चिरेको’ हो आज आएर हामी सम्पूर्ण नेपालीहरुलाई महसुश हुन थालेको छ । जनचाहना अनुरुप किन बहुमतको सरकारले पनि काम गर्न सकिरहेका छैनन् यस्ता अन्गीन्ती प्रश्नहरुले आम सर्वसाधरणहरुको मनमा प्रश्न चिन्हहरु खडा हुन थालेका छन् ।

राजनीतिको खोक्रो आदर्श बोकेर समाजवादको सिद्धान्त घोकेर समाज निर्माणको कल्पनामा डुबेर मस्त निन्द्रामा रहेको यो बहुमतको सरकारको वर्तमान स्थिति हेर्दा त हाम्रो देशले कस्तो पार्टीलाई जन्माएछ भनेर धिक्कार लागेर आउँछ ।
आफूलाई भोट दिइए जिताउनु भयो भने ५ वर्षमा नेपाललाई स्वीजरल्याण्ड समेत बनाउछौं भन्न भ्याएका नै नेताले आज आएर एउटा आफ्नो नै देशमा भएका सम्पदाहरुलाई सम्म संरक्षण गर्न सकेको छैन्। समाजलाई रुपान्तरण गर्ने त्यो घोषणा पत्र खै कहाँ गएर थन्कियो त चुनाबमा खुबै घन्किएका नारालाई आजसम्म सार्थकता दिन नसक्नु नै वर्तमान सरकारको कम्जोरी हो ।

पार्टी बिच एकताको घोषणाले नै जनताको विश्वासिलो पार्टी र पहिलो पार्टी बन्न पुगेको हामी सबैलाई सर्वविधित नै छ । तर पार्टी एकताको खै त नैतिकता राजनीतिमा किन नैतिकताको खडेरी लागेको हो त यस्तो पनि राजनीतिको संस्कार हो र एकआपसमा सहयोगको त कुरा परै जाओस एक आपसमा द्धन्द्ध सृजना गरेर देशलाई कसरी निकास दिन सकिन्छ त ?
सरकारको यस्तै कमजोरीले गर्दा आज सर्वसाधरणले हरेक क्षेत्रमा त्यसको प्रत्यक्ष असर भोगि रहनु परेको छ । सर्वहाराको पार्टी भन्नलाई भन्ने तर आज मकै भटमासको सट्टा काजुबदामको प्रयोग हुन थालेको छ, किन कि स्वदेशी उत्पादनको न्यूनतम मूल्य पनि पाउने स्थिति छैन र हाम्रा नेताले आफ्नो स्वदेशी वस्तुको हरेक महत्वलाई भुल्दै गएका छन् ।

यस्तो प्रवृत्तिले नै हाम्रो देशको हरेक स्थितिहरु कम्जोर हुदै गएकाछन् । जनताको पार्टी हो भनेर जनतालाई नै भ्रममा पालेर आज जुन स्थानमा आसिन नेतृत्व कर्ता नै जनतालाई आँखामा छारो लागाई जनताको मतलाई लत्याएको तीतो सत्य सावित भएको छ । जनताको स्थिति एक पटक सिंहदरवार बालुवाटारको झ्यालबाट हेर्न छुटेको पनि वर्षौ विति सक्यो ।

अहिलेको यो कोभिड–१९ को कारण सर्वसाधरणको जीवन पद्धती कति तहसनहस भयो सरकारलाई के थाहा छ र सरकारलाई त खाली पदको मात्रै होडबाजी छ, घरभित्रको झगडा मिलाउन नसकेर छिमेकिसँग हारगुहार ग¥यो आफ्नो देशको चिन्ता किन लाग्थ्यो र कठै देश लुटनेहरुलाई, भो अव त तिमीहरुको यो नाटक मन्चन पनि धेरै नै भइ सक्यो देशको चिन्ता गर्नेहरु अकालमा सहिद भएर चिता माथि पुगेका दिनहरुलाई पनि सम्झने गर्नुपर्छ सहितका सपना कहाँ साकार भएका छन हँ ? यहाँ त सहिदका नाम बेचेर अरवौं भ्रष्टचारीलाई बचाउने व्यक्तिहरु जन्मिए अनि सहिदका सपनाले नै हामीलाई सरापेको हो ।

त्यसैले अवका दिनहरुमा हामी युवा पुस्ताहरु पनि जागरुक हुन आवश्यक छ । सधैं यस्तै गरी हामी पनि रमिता हेरेर बस्यौ भने हामी र हाम्रो देशको निशानी कहाँ पुग्छ समयमा नै हामीले सोच्नु पर्छ । अहिलेको यो अवस्थामा देशलाई एकदमै अप्ठ्यारो अवस्था परेको छ त्यस कारण पनि हामीले राजनीतिक यो अंशवण्डाँको पछि नलागौ हामीले समृद्ध देश निर्माण गर्ने सपनालाई हामीले मार्नु हुन्न अब सबै जनाले हातेमालो गरेर अगाडी बढ्ने प्रण गरौं ।