ढोलठानाबाट नियहाल्दा (फोटोफिचर)

विकल्प न्यूज/बेनी
मंसिर १० गते ।

म्याग्दीको बेनी नगरपालिकाको पुला र घतानको साँधमा रहेको ढोलठानाबाट बाट रमणीय दृश्यहरु देख्न सकिन्छ ।

यहाँबाट अन्नपूर्ण र धौलागिरि हिमश्रृङ्खलाका साथै कालिगण्डकी र म्याग्दी नदीको दृश्यका साथै बेनी बजार,पर्वतको जलजला गाउँपालिकाका वस्तीहरुको अवलोकन गर्न सकिन्छ ।

यो समुन्द्र सतह देखि १७५० मिटरको उचाईमा पर्दछ । मध्यकालमा पर्वत राज्यको राजधानीको रुपमा रहेको यो स्थानबाट तत्कालिन पर्वत राज्यले शासन गरेको अधिकांश भूभाग पुला,घतान,राखु,हिस्तान,मल्लाज,पाङ,ज्यामरुककोट,बरङ्जा,अर्मन,कुहुँ आदी ठाउँहरु देख्न सकिन्छ ।

एतिहासिक ठाउँको संरक्षण र प्रचाप्रसार गर्न सकेमा यहाँको पर्यटन प्रवद्धन गर्न सकिन्छ । तर सम्बन्धित निकायले चासो राखेको र यहाँको विकासका लागि योजना बनाएको पाइदैन ।