ताजा समाचार:
Search

म्याग्दीमा थप १० जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी

कार्तिक २८ गते । 

म्याग्दीमा  थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएको कात्तिक २४ र २५ गते स्बाब संकलन गरी पठाइएको ३४ जनामध्ये १० जनामा कोरोना पुष्टी भएको हो ।

क्षयरोग उपचार केन्द पोखरामा गरिएको पिसिआर परीक्षणमा बेनीबजारमा ९ र अन्नपूर्ण गाउँपालिकाको १ जनामा कोरोना पुष्टी भएको स्रोतले जनाएको छ ।

कोराना संक्रमतिमा बेनी नगरपालिका-७ का ४ जना, बेनपा-८ का ५ जना र अन्नपूर्ण गाउँपालिकाकी एक महिला हुन्।

नयाँ संक्रमति मध्ये केही कन्ट्रयाक्ट ट्रेसिङमा परेका हुन् । कात्तिक २४ गते बेनी अस्पतालमा कोरोनाको लक्षणसँग मिल्ने १२ जना, कात्तिक २५ गते बेनी अस्पतालबाट ७ जना र अन्नपूर्ण गाउँपालिकाबाट १५ जनाको स्बाब संकलन गरिएको थियो ।