ताजा समाचार:
Search

कोरोनाको जोखिम बढेपछि बेनीबजार सुनसान (फोटोफिचर)

विकल्प न्यूज/बेनी
कार्तिक १६ गते । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि बेनी बजार आइतबार सुनसान देखिएको छ । गत शुक्रबार राती १२ बजे देखि एकहप्ताका लागि जिल्ला प्रशासनले सूचना जारी गरी भिडभाडलाई कम गर्न अत्यवश्यक सेवाका कार्यालय बाहेक सवै सरकारी सेवा बन्द गर्नुका साथै बजारका पसलहरु पनि बन्द गर्न अनुरोध गरेको थियो । । कोरोना संक्रमणका कारण बेनीमा एकजनाको मृत्यु भएपछि समुदाय स्तरमा कोरोना फैलिन नदिन थप सर्तकता,सजगता अपनाउन र भिडभाड कम गर्न डिसिसिएमसीले यस्तो खालको निर्णय गरेको प्रजिअ उमाकान्त अधिकारीले बताउनुभयो । यो लकडाउन पनि होइन र निशेधज्ञा पनि होइन । मात्र भिडभाड कम गर्न गरिएको निर्णय मात्र हो । उहाँले भन्नुभयो ।