अखिलको एकल नृत्य प्रतियोगितामा डनिङ स्कुल प्रथम

प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, फागुन २९ गते ।
पश्चिम म्याग्दीको दर्बाङमा शुक्रबार सम्पन्न माविस्तरीय खुल्ला एकल नृत्य प्रतियोगितामा डनिङ बोर्डिङ स्कुल बाबियाचौर प्रथम भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जनप्रिय उच्च मावि कमिटीले आयोजना गरेको नृत्य प्रतियोगितामा डनिङ स्कुलकी अनिशा रोका प्रथम भएकी हुन् ।

12825153_1694189017504936_626249898_n
यसैगरी जनप्रिय उच्च मावि दर्बाङ्की नितु घर्ती द्वितीय, राष्ट्रिय मावि रुमकी डोमा बुढाथोकी तृतीय र अमरज्योती निमाविकी अनिता पुन सान्त्वना भएका छन् । विजयी हुने प्रर्तिष्पर्धीहरुलाई क्रमशः नगद ६ हजार ६६६, ३ हजार ३३३, २ हजार २२२ र एकहजार १११ रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ । 12835032_1694188967504941_1836593769_n
पुरस्कार वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु म्याग्दीका अध्यक्ष एवं केन्द्रीय सदस्य प्रकाश पौडेलले अनेरास्ववियु शैक्षिक आन्दोलनको नेता सङ्गठन भएको बताए । उनले नेपालका लाखौंलाख विद्यार्थीहरुको मुटुको ढुकढुकी रहेको अनेरास्ववियुले स्थापनाकादेखि नै विद्यार्थीहरुको पक्षमा काम गर्दै आइरहेको बताएका छन् ।

12833400_1694189087504929_1007777952_n
कार्यक्रममा जनसांस्कृतिक महासंघ म्याग्दीका अध्यक्ष जीवन कार्की र जननाट्य मञ्चका अध्यक्ष रवि कार्कीले आ–आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा अनेरास्ववियु जिल्ला सहसचिव श्यामसुन्दर कँडेल, सचिवालय सदस्य ईश्वर सुवेदी, जिल्ला सदस्य सुजन हमाल, युवा संघका जिल्ला सदस्य अनुप गौचन, लव थापा र विजय घर्तीलगायतको सहभागीता रहेको थियो । 12834538_1694188990838272_1154932414_n
कार्यक्रम अनेरास्ववियु जनप्रिय उच्च माविका अध्यक्ष गिरीप्रसाद बोहोराको अध्यक्षतामा सम्पन्न भएको थियो । सो प्रतियोगितामा विभिन्न ८ ओटा विद्यालयले सहभागीता रहेको थियो । जिल्लास्थित विभिन्न विद्यालयहरुमा गठन गरिएका अखिलका कमिटीहरुले रचनात्मक कार्यक्रमहरु गर्दै आइरहेको कमिटीले जनाएका छन् ।