छोरी संसारकै सुन्दर फूल हुन

शान्ति बस्नेत/काठमाण्डौं
असोज २२ गते ।
जहाँ छोरीको जन्म हुन्छ, त्यहाँ भगवानको बास हुन्छ । छोरी संसारकै सुन्दर फूल हुन । छोरीलाई सबैले फुलको बगैंचा जस्तै हराभरा र सुगन्धित बनाएर हामीहरुले जगेर्ना गर्न सक्नुपर्छ । हाम्रो समाजले तर छोरीलाई एकदमै कम महत्व दिने गरेको छ छोरी भन्ने वित्तिकै आमाको कोखबाट अर्थात भ्रुण नै हत्या गरेको हामी सामू प्रशस्त उदाहरणहरु छन ।

यदि छोरा सो सरह छोरीले पनि सम्मान अधिकार र सम्मान मान्यता पाउने थियो भने आजका दिनमा निर्मला पन्त सम्झना कामी जस्ता कलिला मुनाहरुको बलत्कार पछि हत्या गर्ने सहास जो कोहीले पनि गर्दैन थियो ।

यि माथिका घटनात ज्वलन्त उदाहरणहरु हुन यस्ता आपाराधिक घटनाहरुले हाम्रो समाजमा दैनीक सात महिलाहरुको बलात्कार भएको तथ्याङकले दर्साएको छ । यो समाजले छोरीलाई गर्ने अमानवीय व्यवहारले नै गर्दा यस्ता घटनाहरुले बढुवा पाएको छ । छोरी भएर जन्म भएपछि पुरुष सोसरह हकअधिकार पाउनुपर्छ ।

नारी पुरुष बरावरी भनेर मात्रै हुदैन, छोरीलाई पनि सम्मान सोच्नुपर्छ । नारी विना संसार अन्धकार हुन्छ । हाम्रो यो समाजले छोरीको महत्व बुझ्न सकेको छैन् यदि पुरुय सम्मान नारीलाई पनि अवसर र सम्मान दिन सकियो भने हामीले हाम्रो समाजलाई सभ्य र विकसित बनाउन सक्छौं ।

छोरा र छोरीको समाजमा सम्मान महत्व हुन्छ, अझै पनि हाम्रो समाजमा छोरी जन्माए पछि कति आमाहरुले परिवारबाट दवाबमा बाच्नु परेको तीतो सत्यहरुछन् । छोरा विना घर चल्दैन भन्ने भ्रम प्रशस्तै छन ।

छोरा विना काजकिरिया कसले गर्छ, छोरीले काजकिरिया गर्नु हुनैंन, समाजले के भन्छ छोराले गर्ने काम छोरीले गर्दा लाज हँुदैन यस्ता अनगिन्ती प्रश्नहरुका वर्षाहरु त भइ नै रहन्छन तर छोरीलाई जुन सोचले सोच्नु हुन्छ नि त्यो भन्दा फरक तरिकाले र सकरात्मक तरिकाले सोचिदिनु त्यो छोरा नै छोरा भएको घर भन्दा छोरी नै छोरी भएको घरमा धेरै खुशी छ ।

जहाँ छोरीको स्थान छ त्यहाँ बरदान सम्झनुहोस भाग्यमानीको घरमा मात्रै छोरीको जन्म हुन्छ त्यो सोच्नुहोस र संस्कार सिकाउदा पनि महिला पुरुषम सम्मान भाव प्रकट देखाएर कार्य गर्न सिकाउन सकियो भने हामीले बारम्वार छोरीमाथि बारम्वार प्रहार हुने अमानवीय क्रियाकलापबाट हामी बच्न सक्छौं ।नारीलाई सधै सहानूभूति देखाएर हैन सहास देखाएर बाच्न सिकाउनु पर्छ।

यो २१औं शताव्दीमा आएर पनि हामीले मरे पछि दाग वत्ति दिन छोरा नै चाहिन्छ, अंश पनि छोराले मात्रै खानु पर्छ छोरा नभए वंश नै मासिन्छ, घरको धुरी नै ढल्छ यस्तो कुसंस्कामा अल्मलिएर कति हामी पछाडि पर्ने हो ।अव अव संस्कारको नाममा कलङ्क गर्न छोडौं जति हामी छोरी छौं नि सहासताका साथ यो समाजमा आफ्नो स्थान बनाउन जुटौं ।

अनि मात्रै हामीले सम्मानताको नारालाई पूंर्णता दिन सक्नेछौं । सर्वप्रथम घरबाट सुरुवात हुन जरुरी छ छोरी जन्मिनसाथ असुरक्षित वातावरण सृजना गर्नु हुन्न छोरीलाई गर्भावस्था देखि नै गर्व गर्न सिक्नु पर्छ ।

र यो हाम्रो सरकार पक्षले पनि महिला माथि हुने आपाराधिक क्रियाकलापलाई राजनीतिक रुपले ढाकछोप गर्ने गरेको छ यस्तो क्रियाकलाप बन्द गर्नुपर्छ अपराधिलाई कानूनी कठघरामा उभ्याई कडाभन्दा कडा कारवाही हुनु पर्छ ।

नत्र यसरी जघन्य अपराधिक गतिविधि गरेर हिडेको व्यक्तिलाई खुल्ला मञ्चबाट नै अर्थात न्यायलयबाट नै उन्मूक्ति दिने कार्य गरिनु सरकार र सरोकार पक्षको उदासिनता हो अवका दिनमा यस्तो घटना हुन नदिन र भएका घटनाहरुलाई चाडोभन्दा चाडो कानूनी उपचार होस भन्ने आग्रह हो । जय देश, जय नारी ।