ताजा समाचार:
Search

विद्यार्थी खोज्दै शिक्षक घरघरमा (भिडियो)

विकल्प न्यूज/बेनी
असोज १४ गते । कोरोना महामारीका विच विद्यालय सञ्चालन नभएपछि बेनी सामुदायिक विद्यालयले विद्यार्थीको घरघरमा पुगेर पढाउन थालेको छ । विद्यालयले अहिले सम्म ६०० भन्दा बढी विद्यार्थीहरुको घरघरमा पुगिसकेको छ ।

टोलमा विद्यार्थीहरुलाई भेला गराएर विषयगत शिक्षकहरुले पढाउन थालेका छन् । यो अभियान विद्यालयले असार १५ गतेबाट सुरु गरेको हो । कोरोना महामारी रहेसम्म यहि विधिबाट विद्यार्थीलाई निरन्तर रुपमा पढाइने विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठले बताउनुभयो । शिक्षकहरु घरघरमा पुगेपछि विद्यार्थी र अभिभावकहरु खुसी देखिएका छन् ।