अवसरलाई सदुपयोग गर्न नेकपा नेतृत्व चुकेको हो ? (सम्पादकीय)

विकल्प न्यूज/बेनी

असोज १२गते ।

आर्थिक,सामाजिक,राजनीतिक र विकासका दृष्ट्रिकोणबाट म्याग्दी पछाडी परेको जिल्ला हो । भौगोलिक विकटता विकासको बाधक बनेको छ । लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीको राजनीतिक र प्रशासनीक क्षेत्रमा बलियो पहुँच छैन । पच्चायत कालमा केही नेताहरुले केन्द्रिय सत्तामा धेरथोर पहुँच पु¥याएर तत्कालिन आवश्यकताहरु पुरा गरेको देखिन्छ । छिमेकी जिल्लाहरुको तुलनामा म्याग्दी विकासका हिसावले पछाडी परेको जिल्ला हो । लोकतन्त्र प्राप्तीपछि केन्द्रिय राजनीति र सत्तामा पहुँच विस्तार गर्न थालेको देखिन्छ ।

त्यो पनि कमजोर तरिकाले । लोकतन्त्र प्राप्तीपछि बनेको नेकपाको बलियो सरकारको क्याविनेटमा म्याग्दीले स्थान पाएको हो । बर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा वलीले तिन सदस्यी मन्त्रीमण्डल गठन गर्दा जिल्लाले एकजना मन्त्री पाएको थियो । क्याविनेट मन्त्री पाउनु चानचुने विषय थिएन । यो ठूलो अवसर हो । अवसरलाई सदुपयोग गर्दै उपलब्धी प्राप्त गर्न नेकपा नेतृत्व चुकेको छ । गण्डकी प्रदेश सरकारको मन्त्रीमा पनि म्याग्दीको उपस्थिति छ ।

बलियो सरकारको क्याविनेट मन्त्रीले जिल्लामा विकास निर्माणका योजनाहरु भित्राउने राम्रो अवसर थियो । त्यस्तै गण्डकी प्रदेश सरकारमा पनि म्याग्दीको बलियो पहुँच छ । प्रदेश र केन्द्रमा नेकपाकै बलियो सरकार छ । बलियो सरकार सञ्चालन गरेको नेकपाको केन्द्रिय सदस्यमा जिल्लाका दुईजना नेताहरु छन् । बर्तमान प्रधानमन्त्री कै पक्षधर भनिएका सांसद भुपेन्द्रबहादुर थापा र थममाया थापा हुनुहुन्छ ।
त्यस्तै गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्री नरदेवी पुन हुनुहुन्छ । प्रदेश र संघ सरकारमा म्याग्दीको बलियो उपस्थिति भएको यो म्याग्दीका लागि अवसर पनि हो । अवसरलाई सदुपयोग गर्न सकेमा जिल्लाले यसपटक विकासको लहर ल्याउने परिस्थिति छ । अहिलेको अवसर फेरी दोहोरीन नसक्ला ।

नेकपाले ठोस योजना बनाएर जनप्रतिनिधि र नेतृत्वलाई परिचालन गर्नसक्नुपर्दछ । यहाँ नेर पनि नेकपा जिल्ला नेतृत्व चुकेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भएपनि अन्य मन्त्री र मन्त्रालयका कर्मचारीहरु सँग समन्वय गरेर काम गर्न सकिने अवसर थियो । मन्त्री पाउँदा पनि जिल्लामा कुनै अनुभूति भएन । मन्त्रीको सचिवालय कमजोर थियो । सचिवालयलाई बलियो बनाउन तिर नेकपा जिल्ला नेतृत्वका ध्यान पुगेन ।

राजनीति र सत्तामा पहुँच हुँदा हुँदै पनि यो दुइवर्ष खेर गएको छ । जिल्लावासीले अपेक्षा गरेअनुरुपको विकास देख्न पाएका छैनन् । पाँचवर्षे कार्यकालमा जिल्लाको विकास कसरी गर्ने भन्ने ठोस योजना न नेकपा सँग छ नत जनप्रतिनिधिहरुमा । विना योजना अघि बढ्दा दुईवर्ष खेर गएको छ । अव पनि समय छ । ठोस योजना बनाएर अघि बढेमा उपलब्धी हाँसिल गर्न सकिने अवस्था छ । नेकपाले त्यो वातावरण बनाउन लाग्नुपर्दछ । पछिल्लो बाढीपहिरो संकट ग्रस्त जिल्ला घोषणामा पनि नेताहरु चुकेका छन् । बाढी र पहिरो प्रभावितका हिसाबले सिन्धुपाल्चोक र बागलुङ भन्दा म्याग्दी कम प्रभावित जिल्ला होइन ।

नेताहरुको पहुँच नपुगेका कारण यसमा म्याग्दी अट्न सकेन । यो तितो सत्यलाई नेताहरुले पचाउन सकेका छैन । अझै पनि समय छ । जिल्लालाई बाढीपहिरो संकटग्रस्त जिल्लामा समावेश गर्नुपर्दछ । नेताहरुको परिक्षाको घडी सुरु भएको छ । नेकपाले विकासका लागि ठोस योजना बनाओस र सफल रुपमा कार्यन्वयन गरेमा विकासले म्याग्दीको मुहार फेर्न सकिने थियो की !