ताजा समाचार:
Search

कराँतेका १४ जना खेलाडीलाई सम्मान

विकल्प न्यूज/बेनी
असोज १० गते । 

नेपाल सितोरियो कराँते संघ म्याग्दीले शनिबार जिल्लाका १४ जना खेलाडीहरुलाई सम्मान गरेको छ । २०७४ फागुन २ देखि ७ गते सम्म पोखरामा भएको ब्ल्याक बेल्ट ग्रेडिङ कोर्समा सहभागि भई बेल्ट प्राप्त गर्न सफल कराँते खेलाडीहरुलाई सम्मान गरिएको हो ।
सितोरियो कराँते संघका कार्यबहाक अध्यक्ष तथा प्रशिक्षक विरेन्द्र श्रेष्ठ र प्रशिक्षक चन्द्रा घलेले खेलाडिहरुलाई बेल्ट,प्रमाणपत्र र खादा लगाएर सम्मान गर्नुभएको थियो ।