ताजा समाचार:
Search

पर्वत सेवा समाजले पायो बैधानिकता

अगन्धर तिवारी /विकल्प न्यूज

पर्वत,फागुन २८ गते ।
पर्वत जिल्लामा जन्मस्थान भई बिदेश, जिल्ला बाहिर तथा जिल्लाभित्रै बसोबास गर्ने यूवाहरुको सक्रियतामा सामाजिक सेवा गर्ने उद्धेश्यले ‘पर्वत सेवा समाज नेपाल’ नामक संस्थाको विधिवत शुभारम्भ गरिएको छ । पर्वतको पाङ्ग्राङमा जन्मथलो भई हाल रोजगारको शिलशिलामा इजरायलमा रहेकी दिपिका भुषालको संयोजकत्वमा गठित संस्थाले जिल्ला प्रशासन कार्यालय पर्वत र महिला तथा समाजकल्याण मन्त्रालयमा आधिकारिक मान्यता समेत पाएको छ ।

parbat sewaa pic
संस्थाले विशुद्ध सामाजिक सेवा गर्नेगरि बिभिन्न मुलुकमा रोजगारीका शिलशिलामा कार्यरत पर्वतेहरुलाई एउटै मालामा उनिएर पर्वतबासीहरुका हरेक समस्यामा साथ दिने मुख्य लक्ष्य रहेको बताइएको छ । ‘सम्पूर्ण पर्बतेलिको एउटै छ नारा जन्म भुमि बिकास गर्ने हाम्रो अभिभारा’ भन्ने नाराका साथ बिशुद्ध सामाजिक सेवामा लाग्नेगरि गठित संस्थाको स्थापना गरिएको संयोजक भुषालले जानकारी दिनुभयो ।
संस्थाले सामाजिक कुरिति र अन्धविश्वासलाई निरुत्साहित गर्दै देश विकासका लागि सत्चरित्रवान समाजको निर्माण गर्ने राष्ट्रिय भावना जागृत गराई ग्रामिण क्षेत्रमा छरिएर रहेको महिला र पूरुष युवा शक्तिलाई संगठित रुपमा परिचालन गर्ने योजना रहेको बताइएको छ । पर्वत जिल्लाको समग्र विकास गरि राष्ट्रनिर्माणका कार्यमा लगाउने बिशुद्ध उद्धेश्य राखि अघि बढ्न प्रचलित नेपाल कानुनको अधिनमा रहि संस्थागत विकास गर्ने संस्थाको उद्धेश्य रहेको संस्थाका अध्यक्ष मुना भुषालले बताउनुभयो । त्यसका साथै रोजगारी, व्यपारव्यवसाय, अध्ययन वा अन्य शिलशिलामा प्रवासिएका पर्वतवासीहरु मर्फत पर्वत जिल्लको समग्र विकाससंगै प्राकृतिक बिपत्तीमा सहयोग, अन्याय अत्याचार र शोषणका बिरुद्धमा चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने लगायतका उद्धेश्य रहेको संयोकज भुषालले बताउनुभयो । त्यससंगै संस्थाले स्थानीयस्तरमा ग्रामिण उद्यमशिलतालाई समेत प्राथमिकता दिने जनाइएको छ ।
इजरायलमा रहानुभएकी दिपिका भुषालको संयोजकत्वमा हालै बसेको समाजको भेलाले बिभिन्न मुलुकमा रहेका पर्वतेलीहरुलाई संस्थामा एक–एक जना प्रतिनिधि चयन गरेको छ । जसमा कोरियाबाट इश्वर के सी, इजरायलबाट भोजराज क्षेत्री दुवइबाट संजिव अधिकारी, र युबराज भुसाल , मलेसियाबाट दुर्गा पोख्रेल, अमेरिकाबाट प्रभात पौडेल छन् । त्यस्तै माल्दिभ्सबाट प्रकाशभुसाल, साउदीबाट भगीरथ पोख्रेल, जर्मनबाट समिर श्रेष्ठ, बहराइबाट सुरेश एस बी डीलाई प्रतिनिधिमा चयन गरेको छ । त्यस्तै रुशबाट रामेस्वर गौतम, भारतबाट प्रकाश पाठक, पर्चुगलबाट दिपा शर्मा, कतारबाट सक्ति क्षेत्री , र बिरेन नेपाली चयन गरिएको भेलाले जानकारी दिएको छ । त्यसैगरि हङ्कङ र लन्डन. डेनमार्क , बाट छिट्टै नै संयोजक तोकिने भेलाले निर्णय गरेको छ ।
केहि साताअघि जिल्ला प्रशासन कार्यालय पर्वतमा विधिवत रुपमा दर्ता भएको संस्थामा हालसम्म पर्वत निबासी मुना भुसाल, गणेशबहादुर क्षेत्री, अगन्धर तिवारी, शिवप्रसाद शर्मा, छबिलाल तिवारी, ओमप्रसाद घायल, गायत्री पोख्रेल, आरती रेग्मी, अच्युत तिवारी, प्रतिक्षा केसी लगायत बिभिन्न देशमा रोजगारी र अध्ययनको शिलशिलामा गएका सय भन्दा बढी आवद्ध भइसकेका छन् । संस्थाले आगामी दिनमा छिटै सामाजिक कामको औपचारिक शुभारम्भ गर्नेगरि आन्तरिक गृहकार्य भइरहेको पनि जानकारी दिएको छ ।