प्रवासी म्याग्देलीको सहयोगी मन – चार विद्यालयलाई मोना वेल्जियमको ३ लाख सहयोग

विकल्प न्यूज/बेनी
म्याग्दी,फागुन २७ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना) वेल्जियमले भूकम्पबाट क्षती भएका जिल्लाका ग्रामिण भेगमा रहेका चार सामुदायिक विद्यालयलाई तिनलाख रुपियाँ सहयोग गरेको छ । help school 3
जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्तिकोषको समन्वयमा मोना बेल्जियमले संकलन गरेको उक्त रकम कोषद्धारा बेनीमा आयोजना गरिएको कार्यक्रमका अवसरमा प्रत्येक विद्यालयलाई ७५ हजार रुपियाँका दरले हस्तान्तरण गरिएको हो ।
मोना बेल्जियमका निवर्तमान अध्यक्ष एवम् मोना आइइसीका महासचिव घनश्याम शाही,कोषका अध्यक्ष राजेश शाक्य लगायतको उपस्थितिमा सो रकम विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

help school
जिल्लाको पाखापानी गाविसको मालिका निमावी ठाडाखानी, बावियाचौर गाविसको त्रिभुवन मावि ¥यालेखोर,ताकम मावि ताकम र मुसुङडोले मावि भकिम्लीको भौतिक पूर्वाधार निर्माणका लागि सो रकम हस्तान्तरण गरिएको हो । सहयोग रकमले विद्यालयको भौतिक पूर्वाधार निर्माणमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरिएको छ ।
कार्यक्रममा महासचिब घनश्याम शाहीले जिल्लाको सामाजिक कार्यमा बेल्जियममा रहेका म्याग्देलीहरुले सहयोगलाई आगमी दिनमा पनि निरन्तरता दिने बताउनुभएको छ ।

help school 1
बेल्जियममा रहेका करिव चारसय म्याग्देलीहरुले जिल्लाको शिक्षा,स्वास्थ्य लगायतको सामाजिक क्षेत्रमा सहयोग जुटाउनका लागि महिनामा दुइदिन वरावरको पारीश्रमिक छुट्याउने व्यवस्था गर्न लागिएको महासचिव शाहीले बताउनुभयो ।
कार्यक्रममा सहयोग बुझ्दै ताकम माविका प्रअ रामबहादुर केसीले मोना बेल्जियमले उपलब्ध गराएको सहयोगले विद्यालयलाई सहयोग पुगेको बताउँदै प्राप्त रकम विद्यालयको हितमा लगानी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

DSC09347
ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसीले कोषले जिल्लाको सामाजिक एवम् परोपकारी कार्यमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले कोषलाई प्राप्त भएको रकम पारदर्शी तरिकाले जिल्लाको सामाजिक कार्यमा सहयोग गरिएको बताउनुभयो ।

कार्यक्रममा कोषका अध्यक्ष राजेश शाक्यले कोषले सञ्चालन गरेको सहयोग अभियानलाई प्रवासी म्याग्देलीहरुले मनदेखिनै सहयोग गरेको बताउनुभएको छ । उहाँले आर्थिक अभावकै कारण कसैले पनि मृत्युबरण गर्न नपरोस भनेर सञ्चालीत अभियानले सामाजिक कार्यमा पनि सहयोग जुटाउने गरिएको बताउनुभयो ।
कोषका सदस्य विनय श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रमा मोना कतारका पूर्व अध्यक्ष विक्रम कार्की लगायत सम्बन्धित विद्यालयका प्रतिनिधिहरु र पत्रकारको सहभागिता रहेको थियो ।ठाकुरप्रसाद आचार्य