ताजा समाचार:
Search

भगवतीका स्वर्गीय कमल भण्डारीको परिवारलाई ६ लाख रुपियाँ संकलन

विकल्प न्यूज/विकल्प न्यूज
फागुन २७ गते । साउदी अरवमा ज्यान गुमाएका भगवती–९ का कमल भण्डारीको परिवारलाई प्रवासी म्याग्देलीले सञ्चालन गरेको आर्थिक सहयोग अभियानका क्रममा अहिले सम्म ६ लाख रुपियाँ भन्दा वढी आर्थिक संकलन भएको छ ।

DSC09332
कार्तिक १२ गते कामको शिलशिलामा भण्डारीको करेन्ट लागेर साउदीमा निधन भएको थियो । आर्थिक अवस्था कमजोर भएको भण्डारी परिवारका लागि सहयोग जुटाउनका राँखु निवासी युवाहरुले सामाजिक सञ्जाल मार्फत सहयोग अभियान सञ्चालन गरेका थिए ।

DSC09338
विभिन्न पेशा तथा रोजगारीका लागि प्रवासमा पुगेका म्याग्देलीहरुले भण्डारी परिवारको सहयोगका लागि आर्थिक संकलन अभियान सञ्चालन गरी ६ लाख ९ हजार एकसय ३६ रुपियाँ संलन भएको सहयोग अभियानका अभियन्ता गोविन्द भण्डारीले बताउनुभयो ।
विहिवार म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा सहयोग हस्तान्तरण कार्यक्रको आयोजना गरी सो रकम स्वर्गीय भण्डारीको धर्मपत्नी मिना भण्डारीलाई हस्तान्तरण गरिएको हो ।

DSC09331
हस्तान्तरण कार्यक्रममा ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्य,उवासंघका वरिष्ठ उपाध्यक्ष उत्तम कर्मचार्य लगायतको उपस्थितिमा अभियानका अभियन्ता गोविन्द भण्डारीले अहिले सम्म संकलन भएको रकम सार्वजनिक गर्नुभएको थियो । उहाँले आर्थिक रुपमा कमजोर र समस्यामा परेको परिवारका लागि सहयोग गर्नुहुने सवैमा धन्यवाद समेत दिनुभएको छ ।
उहाँले आर्थिक अवस्था कमजोर रहेको स्वर्गी कमल भण्डारीको परिवारको अवस्थाका बारेमा बताउनुभएको थियो । दृष्टिविहिन आमा, श्रीमति र छोरी रहेको परिवारमा विहान बेलुकी हातमुख जोड्न समेत समस्या भएको बताउँदै अझै सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

DSC09341
अभियानको क्रममा सागर भण्डारीको सहयोगमा जापानबाट २० हजार, भगवान भण्डारीको सहयोगमा साउदीबाट १५ हजार, रमेश भण्डारीको सहयोगमा दक्षिण कोरियाबाट १ लाख २२ हजार ६ सय, बेलायतबाट अमर भण्डारीको सहयोगमा २ लाख ६४ हजार ८७ रुपियाँ प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।यसै गरी सन्तोष भण्डारीको पाँच हजार पाँच रुयिाँ, तिलु शर्मा पाँचहाजर,अमेरीकाबाट अभिषेक शर्मा र भरत भण्डारीको सहयोगमा ७१ हजार चारसय ५३ रुपियाँ,मोना कतारबाट ४२ हजार ६ सय १४, गोपाल भण्डारी हाल दुवैबाट ७ हजार, सुरेश केसी युकेबाट दश हजार र राँखु समाज मोना बेल्जीयम बाट पचास हजार रुपियाँ आर्थिक संकलन भएको अभियानका अभियान्ता गोविन्द भण्डारीले जानकारी दिनुभयो । सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन पत्रकार कमल खत्रीले गर्नुभएको थियो ।ठाकुरप्रसाद आचार्य