भगवतीका स्वर्गीय कमल भण्डारीको परिवारलाई मोना बेल्जीयमको पचास हजार सहयोग

विकल्प न्यूज/बेनी
म्याग्दी,फागुन २७ गते । साउदी अरवमा ज्यान गुमाएका भगवती–९ का कमल भण्डारीको परिवारलाई वेल्जीयममा रहेका राखु निवासीहरुले पचास हजार रुपियाँ आर्थिक सहयोग गरेका छन् ।
मोना बेल्जीयमका निवर्तमान अध्यक्ष एवम् मोना आइइसीका महासचिव घनश्याम शाहीले बेनीमा आयोजना गरिएको सहयोग हस्तान्तरण कार्याक्रमका विच सो आर्थिक सहयोग रकम स्वर्गिय भण्डारीका धर्मपत्नी मिना भण्डारीलाई प्रदान गर्नुभएको हो ।

DSC09332
म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा गरिएको हस्तान्तरण कार्यक्रमा उवासंघका वरिष्ठ उपाध्यक्ष उत्तम कर्मचार्यले विदेशमा वसोवास गर्ने म्याग्दीलीहरुको परोपकारी कार्यमा भएको सहयोगको प्रशंसा गर्नुभएको थियो । उहाँले विदेशमा वस्ने म्याग्देलीहरुले जिल्लाको सामाजिक एवम् परोपकारी कार्यमा ठूलो सहयोग गरेको बताउनुभयो ।
स्वर्गीय भण्डारीको परिवारको सहयोगका लागि बेल्जीयममा विभिन्न रोजगारीको शिलशिलामा पुगेका म्याग्दी राँखु निवासीहरुले आर्थिक सहयोग संकलन अभियान चलाएर रकम संकलन गरेको महासचिव शाहीले बताउनुभयो ।
आर्थिक अवस्था अत्यन्त कमजोर भण्डारी परिवारलाई थोरै भएपनि राहत प्रदान गर्न आर्थिक संकलन गरिएको महासचिव शाहीले बताउनुभयो। उहाँले दुःखमा परेका म्याग्देलीहरुका लागि आफूहरुले सहयोग गरिरहेको बताउनुभयो ।
पत्रकार कमल खत्रीले संचालन गर्नुभएको कार्यक्रमा दृष्टिविहिन आमा, श्रीमति र छोरी रहेको परिवारमा विहान बेलुकी हातमुख जोड्न समेत समस्या भएको बताउँदै अझै सहयोगको आवश्यकता रहेको सहयोग अभियानका अभियन्ता गोविन्द भण्डारीले बताउनुभयो । ठाकुरप्रसाद आचार्य