भारतमा एकैदिन थपिए ९७ हजारभन्दा धेरै कोरोना संक्रमित

१ असोज, काठमाडौं ।

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का ९७ हजार ८९४ नयाँ संक्रमित थपिएका हुन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यससँगै भारतमा करोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ लाख १८ हजार २५४ पुगेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ८३ हजार १९८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार १३२ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका ४० लाख २५ हजार ८० संक्रमित निको भएर घर फर्किसकेका छन् भने १० लाख नौ हजार ९७६ संक्रमित निको हुन बाँकी छन् ।

भारत अमेरिकापछि कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको मुलुक हो । अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका ६६ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् ।