ताजा समाचार:
Search

टोड्के महोत्सवलाई मोनाद्धारा एक लाख सहयोग

सन्तोष गौतम/विकल्प
म्याग्दी,फागुन २६ गते ।
म्याग्दीको पर्यटकीय तथा धार्मीक स्थलमा सञ्चालन भएको टोड्के महोत्सवलाई प्रवासी म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिले एक लाख रुपैया सहयोग गरेको छ ।

मंगलबारदेखि सुरु भएको महोत्सवको उद्घाटन समारोहमा मोनाका महासचिव घनश्याम शाहीले मुल आयोजक समितिलाई एक लाख रुपैया नगद हस्तान्तरण गर्नुभएको थियो । टोड्के क्षेत्रको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले आयोजित महोत्सवको सफलताका लागि सहयोग गरिएको महासचिव शाहीले बताउनुभयो ।

todke 7

आफ्नो पेशा, ब्यवसाय र रोजगारीको सिलसिलामा विभिन्न मुलकुमा पुगेका म्याग्देलीहरुले जिल्लाको पर्यटन प्रर्वधनसंगै विकास निर्माण, शिक्षा, स्वास्थ्य र मानविय सेवाका लागि सहयोग गर्दै आएका छन् ।

महोत्सवलाई जिल्ला विकास समितिले पनि विद्युत रोयल्टीको एक लाख रुपैया बजेट छुट्टाएको छ । आयोजकका अनुसार कुहुँ राम्जाली परिवारले एक लाख ५० हजार रुपैया सहयोग गरेर महोत्सवको मुख्य प्रायोजक बनेका छन् ।