हरियालीको कालिज फार्ममा पसेको चितुवा हेर्नेको भीड (भिडियो सहित)

विकल्प न्यूज/बेनी
भदौं २६ गते । बेनी नगरपालिका ४ सिंगामा रहेको हरियाली ग्रुपको कालिज फार्म भित्र शुक्रबार राती पसेको चितुवा हेर्ने सर्वसाधरणहरुको भीड लागेको छ । चितुवा पसेर कालिजका चल्ला मारेको छ । वरीपरी तारजालीले घेरिएको कालिज फार्म भित्र चितुवा जम्प गरेर पसेको हुन सक्ने संचालक शेरबहादुर केसीले बताउनुभयो । फार्ममा रहेका करिब ६ सय कालिजका चल्लाहरु रहेको र करिब आधार जति चितुवाले मारेको हुनसक्ने केसीले बताउनुभयो । शुक्रबार विहान ६ बजेतिर कर्मचारी सहित आफू दाना दिन फर्म भित्र पस्दा चितुवा भेटेको उहाँले बताउनुभयो ।

तारजालीले घेराबार गरिएको कालिज फार्मको माथि पलास्टिकको नेट राखिएको छ । खेतबाट नेटमाथि हामफालेको चितुवा नेट च्यातीएपछि फार्मभित्र पसेको चितुवा बाहिर निस्कन सकेको छैन् । चितुवा हेर्नेका भिड लागेको छ । चितुवा फार्म भित्र पसेको जानकारी बन डिभिजन कार्यालयलाई गराएको सञ्चालक केसीले बताउनुभयो । चितुवा पसेको जानकारी पाएपछि प्रहरीको र बन डिभिजन कार्यालयको टोली फार्ममा पुगेको छ । चितवन राष्ट्रिय निकुञ्जबाट उपकरण ल्याएर चितुवालाई बेहोस बनाइ नियन्त्रणमा लिएर बाहिर निकाल्नका लागि टोली हिडिसको रेञ्जर विक्रम गौतमले जानकारी दिनुभयो । टोली आएपछि चितुवालाई सुरक्षित तवरले निकाली बाहिरी जंगलमा लगेर छाडिने उहाँले बताउनुभयो ।