ताजा समाचार:
Search

अन्तरजिल्ला आवागमनलाई कडाई गरेमात्र म्याग्दी सुरक्षितराख्न सकिन्छ ः प्रजिअ

उमाकान्त अधिकारी/म्याग्दी
भदौं १० गते ।
अन्तरजिल्ला आवागमनलाई पूर्णरुपमा रोक्न नसक्दा जिल्लामा कोरोनाको जोखिम बढेको छ । अन्तरजिल्ला आवागमन बढ्दै जाने हो भने भोलीका दिनहरुमा कोरोना फैलिन सक्ने चुनौती बढेको छ । जिल्लाभित्र आर्थिक,सामाजिक र विकास गतिविधिहरु पनि सञ्चालन गर्ने र आवजावतलाई पनि रोक्ने विरोधाभाषपूर्ण निर्णयले कोरोनाको जोखिम बढेका हो ।

अन्तर जिल्ला आवागमनलाई अव पनि पूर्णरुपमा रोक्न नसके कोरोनाको जोखिम बढेर जानसक्छ । अहिलेको अवस्थालाई हेर्दा कोरोना समुदायमा फैलिन सक्ने गम्भिर अवस्थामा पुगेको छ । त्यसैले अहिलेसम्म भएको अन्तरजिल्ला आवागमनलाई कडाई गर्न खोजिएको हो । जो निर्वाधरुपमा सञ्चालीत थियो ।

अन्तरजिल्ला आवागमनले नै जोखिम र चुनौती बढाएको छ । हामीले विदेशबाट फर्किएकालाई क्वारेन्टाइनमा राख्ने गरेका छौं । तर स्वदेशको आवागमनका हकमा अहिले सम्म केही प्रबन्ध भएको थिएन ।

त्यसैले बाहिरी जिल्लाबाट आउनेहरुको हकमा कालिपुलमा चेकजाँच गरेर उनीहरुको पुरा विवरण भरेर मात्र छाड्ने कामको थालनी गरेका छौं । कोरोना फैलिएका क्षेत्रहरुबाट आउनेहरुलाई अनिबार्य रुपमा होम क्वारेन्टाइनमा बस्न भनेको छौं । त्यही अनुसारको कागज गरेर पठाउने व्यवस्था मिलाएका छौं । पहिलो चरणलाई यहि व्यवस्था हो ।

कोरोनाको अवस्थालाई हेरेर दोस्रो चरणमा के गर्ने भन्ने निर्णयमा पुग्छौं । हिजो निर्वाध आवतजावत थियो यसलाई हामीले सुधार गरेका छौं तर यो नै कोरोना रोकथामका लागि प्रर्याप्त होइन । भोली कन्ट्रयाक ट्रेसिङमा सहज होस भनेर अहिलेका प्रक्रियाहरु गरेका हौं ।

अन्तर जिल्ला आवागमनका सम्बन्धमा मन्त्रीपरिषदको वैठकले विशेष निर्णयहरु गरेको छ त्यही आधार हामीले लिएका छौं । मन्त्रीपरिषदले क्वारेन्टाइनको व्यवस्था र सञ्चालन स्थानीय तहले गर्ने । क्वारेन्टाइनमा वसेका व्यक्तिहरुको पाँचदिन पछि पिसिआर गर्ने व्यवस्था स्वास्थ्य कार्यालयले मिलाउने र रिपोर्ट नेगेटिभ आएको सातदिन पछि मात्र घर पठाउने व्यवस्था मिलाउनु पर्दछ ।

विदेशबाट आएका हकमा बेनीमा क्वारेन्टाइनको प्रबन्ध भएको छ । काठमाण्डौ चितवन लगायतका क्षेत्रहरुबाट आएकाहरुको हकमा अहिलेसम्म क्वारेन्टाइनको व्यवस्था छैन । स्थानीय तहले जोखिम क्षेत्रबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ । कालिपुलको नाकाबाट प्रवेश गर्नेहरुलाई होल्डीङ सेन्टरमा राखेर व्यक्तिको विवरण भरी पठाउने गरेका छौं ।

मन्त्री परिषदको वैठकले अन्तर जिल्ला आवागमनलाई कडाईका साथ नियन्त्रण गर्ने भनेको छ । यसका वावजुद पनि अत्यवश्यक काम परेर आउनेहरुको हकमा स्थानीय तहहरुले बनाएको क्वारेन्टाइनमा वस्नुपर्ने नियम छ ।पिसिआर गरेर आएका हकमा त्यो लागू हुँदैन । अन्तरजिल्ला प्रवेश गर्ने सर्वसाधरण देखि कर्मचारी,सुरक्षाकर्मी लगायत सवैमा यहि नियम लागू हुन्छ । कुनै पनि बहानामा कसैसँग यो

विषयमा सम्झौता हुँदैन । नियमलाई कडाई गर्न सकियो भने मात्र जिल्लालाई हामीले सुरक्षित राख्न सक्छौं ।
कर्मचारीको ओहोरदोहोर लाई नियन्त्रण गर्न कार्यालय प्रमुखहरुलाई भनेका छौं । भदौं पाँचगतेको कार्यालय प्रमुखको वैठकमा बाहिर जिल्ला घर भएकाहरुलाई तत्काल आवतजावत नगर्न निर्देशन दिएका छौं ।

कार्यालय प्रमुखले त्यस्ता कर्मचारीहरुको विवरण राख्ने र जिल्लामा पठाउने व्यवस्था मिलाएका छौं । कोरोना फैलिएका क्षेत्रहरुबाट आएकाहरुलाई अनिवार्य रुपमा होम क्वारेन्टाइनमा वस्न भनेका छौं । कम्तीमा पनि सातदिन वाहिरी व्यक्तिको सम्पर्कमा नजान सुझाएका छौं । प्रजिअ अधिकारी सँगको कुराकानीलाई आधार मानेर तयार पारिएको