ताजा समाचार:
Search

चिकित्सक तथा स्वास्थ्यकर्मी माथि सक्छौ सम्मान गर नसके अपमान नगर

बिकल्प न्य“ज / बेनी
शान्ति बस्नेत

 

हामी सबैलाई सम्मान पूर्वक काम गर्ने अधिकार संविधानमा नै उल्लेख भएको छ ।कामप्रति सबैले सम्मान कार्य गरेर स्वाभिमानले बाँच्न पाउने अधिकार छ ।स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार गर्ने मान्छेहरुप्रति दुःख लागेर आउछ ।किन कि शहरीया साथै शिक्षित भनेर चिनिने स्थानहरुमा नै अमानवीय व्यवहारहरु गरिने गर्छन त्यसो गर्दा हाम्रो मानवता रसमाज कता जादै छ त भन्ने प्रश्न उठन थालेको छ ।

यस्तो कठिन परिस्थितिमा हामी सबै जना मिलेर समस्याको समाधान गर्नको सट्टा समाजबाट नै बहिस्कार गर्ने जस्ता अमर्यादित व्यवहारले गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोवल गिराउने कार्यमा यही समाजमा बस्ने मानव जातिहरुले गरेको पाईएको छ ।शिक्षा एउटा त्यस्तो विषय हो अन्धकारलाई पनि उज्यालोतर्फ डोर्याउने तर खै त शिक्षाले नै किन अन्धकारतर्फ डोर्याउदै छ ।अहिलेको यो परिस्थितिमा होस् या पहिलाको परिस्थितिमा होस् स्वास्थ्य साथै सुरक्षा क्षेत्रका मानिसहरु भनेका ज्यूँदा भगवान हुन किन यो कुरामा मानिसहरुमा चेतना छैन् ।

आज स्वास्थ्य कर्मीहरुले रातको निन्द्रा भन्न पाएका छैनन दिनमा भोकतिर्खा नि नभनी हामीलाई नै भनी अर्थात विरामीका निम्ति शरीरको थकान नै नभनी एउटा आफ्नो पेशाप्रति ईमान्दार भई कार्य गरि रहेको समयमा हामीले मठ(मन्दिरमा धाएर पूजा गर्नको सट्टा हामीले स्वास्थ्यकर्मीहरुलाई आफ्नै मन(मन्दिरबाट आत्मवल बढाउनका निम्ति प्रारथना गर्दा पनि हामी जनताहरु स्वास्थ्यकर्मीप्रती ऋणी हुनेछौ ‌।यदि हामीले पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई राम्रो व्यवहार नगर्दा हाम्रो स्थिति कस्तो हुन्छ एकपटक सबैले सोचौं ।सरकारको भने जति स्वास्थ्य क्षेत्रमा तयारी पनि भएको अवस्था छैन कोभिड(१९ ले मान्छेहरुलाई दिनप्रतिदिन धेरै रुपमा संक्रमणको संख्या बढी रहेको छ, मृत्मुदर पनि बढी रहेको छ ।

यस्तो विकराल अवस्था दिनप्रतिदिन बढिरहेको अवस्थामा हामी सबैले सकेको सहयोग गर्नु पर्छ । हामी आफ्नो नै घरमा बसेर सकेसम्म बाहिर ननिस्कनु नै अहिलेको समयमा उत्तम हुने गर्दछ । हामी जति धेरै संक्रमण हुन्छौ त्यतिकै नै स्वास्थ्य क्षेत्रमा चुनौति बढ्दै जान्छ ।
एकदमै शक्तिसाली मानिने देशहरुमा त कोरोनाको भयावहक स्थिति आएको छ भने हाम्रो जस्तो देश हरेक कुरामा परनिर्भर भएको छ हामीसँग न भने जति स्रोतसाधनहरु नै छन, न जनशक्ति नै पर्याप्त रुपमा छ तर पनि हामी जे जति छौ जे(जस्तो अवस्थामा छौं यो त हामी र हाम्रो देशका शासकवर्गहरुको कम्जोरीले नै हामीहरु निम्मवर्गको हुन पुगेका छौं तर यो कोरोना भाईरस धनी गरीव भनेको छैन र भन्दैन पनि त्यसैले त हामी स्रोत साधनले कम्जोरी भएता पनि मनोवल चाहिँ उच्च बनाउनका निम्ति हामी सबैले मिलेर भाईरससँग जुध्न हातेमालो गर्नुको विकल्प छैन् ।

एकआपसको साथ(सहयोगले नै हरेक समस्याहरुको समाधान गर्न सक्छौं ।त्यसैले हामीले अवका दिनमा कसैले कसैलाई विभेद नगरौं सम्मानपूर्वक काम गरेर मानवीयताको भावना प्रकट गरौं न ज्यूँदा भगवानहरु जो हामीहरुका निम्ति नै आफना घर परिवार नभनि अग्रपङक्तिमा बसेर काम गरि रहेकाप्रति हौसला प्रदान गरिनुपर्छ।यदि चिकित्सक तथा स्वास्थ्यकर्मी विना हामी सबैको जीवनको कल्पना गर्नुहोस अनि हामी कुन लोकमा पुग्छौं विचार गर्नुहोस् ।

समाजमा बसेपछि सामाजिक भएर बाँच्ने गर्नुपर्छ र सामाजिक हुन सिकाउनु पर्छ ।यस्तो समयमा अहिले सबैलाई साथको आवश्यकता छ, सामाजिक दुरी कायम गर्दै मानसिक दुरीलाई नजिक बनाउन सकियो भने हामीले समस्याको समाधान गर्न सक्छौं ।यदि उ एउटा चिकित्सक एवं स्वास्थ्यकर्मी माथि हातपात गर्ने कुटपिट गर्ने साथै घरबाट निकाल्ने जस्ता घटना हुनु दुःखद घटना हो ।

यस्तो कार्यमा संलग्न मान्छे आपराधिक मानसिकता भएको व्यक्ति हो र समाजमा यस्तो दर्व्यवहार गर्ने कार्य गरेको अवस्थामा सरकार पक्षले पनि कडाभन्दा कडा कानूनको कठघरामा उभ्याउन सक्नुपर्छ ।यस्ता कार्य गर्नुहुन्न पनि भनेर सिकाउनु नै पर्ने हो र पशुले पनि पशुको नै व्यवहार गर्छ हामी त मानव हौं नि मावनीयताको नि ख्याल गरौं न ।

यस्ता कुरा त सरकारले सिकाउनु पर्दैन होला नि स्वयमले जान्नु पर्छ ।सक्छौ भने चिकित्सक तथा स्वास्थ्य क्षेत्रमा खटिनेप्रति ताली वजाउ सम्मान गर सबैको जीवन रक्षा गर्नेप्रति उनीहरुको नाममा आत्मावल बढाउनका निम्ति दीप प्रज्ज्वलन गरि हार्दिकता प्रकट गरौं ।सबैजना एकजुट भई चिकित्सक तथा स्वास्थ्य, सुरक्षा र सञ्चार माध्यमका सबैप्रति आभार प्रकट गरौं ।