बेनी प्रवेश गर्ने नाकामा विद्युुतीय व्यारियर (भिडियो सहित )

विकल्प न्युज/ बेनी

साउन १८ गते । म्याग्दी प्रवेश गर्ने कालिपुल स्थित नाकालाई व्यवस्थित र प्रविधियुक्त बनाउन विद्दुतिय वुम व्यारियर राखिएको छ । विद्दुतिय व्यारियर गण्डकी प्रदेशमै याे पहलाे हाे ।

नाकालाई व्यवस्थित र प्रविधियुक्त बनाउन म्याग्दि घर भई हाल अमेरिका बसाेवास गर्नुहुने सञ्जिव बानियाले सघाउनु भएकाे हाे । बेनि नगरपालिका ९ घतान नेप्टेचौर निवासि   हाल अमेरिकामा रहनुभएका सञ्जिव बानियाँले १ लाख ९० हजार  सहयाेग गर्नु भएकाे समन्वयकर्ता चन्द्रकुमार केसिले बताउनुभयाे ।

प्रवेशद्दारलाई व्यवस्थित र प्रविधियुक्त बनाई चेक जाँचलाई कडाई गरिने प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले बताउनु भयाे ।

विद्दुतिय व्यारियरले बेनि प्रवेश गर्ने सवारिसाधनकाे चेकजाँच गर्न सहज हुने उहाँले बताउनुभयो । भविष्यमा सिसिटिभि राखिने उहाँको भनाई छ ।नाकाबाट भित्रिनेहरूकाे तथ्यांकलाई कम्प्युटराईज गरिने याेजना रहेकाे प्रनाउ कुँवरले बताउनु भयाे । मापसे जाँच गर्ने अाधुनिक मेशिन राखिने उहाँले बताउनुभयो ।

काेराेना राेकथाम तथा नियन्त्रण गर्न वाहिरबाट जिल्ला भित्रिने सवारिसाधनकाे चेकजाँच गर्न २४ से घण्टा प्रहरी परिचालन गरिएको छ ।