पहिराेले अवरुद्ध बेनी – अर्थुङ्गे सडक खुल्याे

विकल्प न्युज/ बेनी

साउन १६ गते । गत साेमबार परेकाे अविरल वर्षा पछि खसेकाे पहिराेले अबरुद्ध बनाएकाे बेनी अर्थुङ्गे सडक शुक्रबार देखि खुलेकाे छ ।

अवरूद्द बनेकाे कुरिलाखर्क देखि माथि सडक माथिबाट अाएकाे पहिराेलाई पन्छाएर सडक खुलाईएकाे हाे ।

बेनी नगरपालिकाले  विहिवार र शुक्रबार स्काभेटर प्रयाेग गरेर  सडक खुलाएकाे हाे ।पहिराेकाे माटाेलाई व्यवस्थित गर्ने विषयमा विहिवार प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल र वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ विच भनाभन समेत भएकाे थियाे ।

सडक माथिबाट खसेकाे ढुङ्गा र माटाेलाई व्यवस्थित गर्न समस्या भएपछि एकतर्फि तरिकाले सडक खुलाउने काम भएकाे नगरपालिकाका ईन्जिनियर बिमल रञ्जन कार्किले बताउनुभयाे ।

तत्काललाई सडक सुुुुुचारू गराउने तरिकाले काम गरेका छौं ईन्जिनियर कार्किले भन्नुभयाे “दिर्घकालिन रूपमा पहिराेलाई व्यवस्थापन गर्न नगरपालिकाले  पछि याेजना बनाउछ ।”

सडक बन्द भएपछि सर्वसाधारणलाई अावतजावतमा समस्या परेकाले तत्काललाई सडक सुचारू गर्ने तरिकाले मात्र काम गरेकाे उहाँले बताउनु भयाे ।

बाढि र पहिराेका कारण नगर क्षेत्रका मुख्य सडकहरू अवरुद्ध हुन नदिन र चाँडै सडक खुलाउन नगरपालिकाले जाेड दिएकाे प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदिले बताउनुभयाे ।शुक्रबार नगर प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरूवाल र प्रशासकिय अधिकृत सुवेदिले पहिराे स्थलकाे अवलाेकन गर्नु भएकाे थियाे ।

कुरिलाखर्क माथि किष्णेकाे पाखाबाट ठुलाे पहिराे खसेेेर सडक  अवरुद्ध हुदा सर्वसाधारणहरूलाई समस्या भएकाे थियाे ।


comments says:

Let me send comments for you.
10,000 comments cost $1, 100,000 comments cost $5
You can receive this comment, it means that I sent it successfully.
If you want to buy, pay 1 or 5 dollars through PayPal, after that,
Send the following information to my Email:
Name, email, Url, content.
I will send the send Log to you by email within three days
My PayPal & Email: sdzfd@hotmail.com