लोक तथा दोहोरी गीतमा चम्किदै म्याग्दीकी आष्मा छन्त्याल

हिरा वुढाथोकी/विकल्प न्यूज
म्याग्दी,फागुन २२ गते ।
म्याग्दीको पाखापानी ४, ठाडाखानी घर भई हाल कास्कीको पोखरा स्थित लामाचौरमा बस्दै आएकी आष्मा छन्त्यालले लोक तथा दोहोरी गीतमा छोटो समयमा नै सफलता पाउन थालेकी छन । छन्त्यालले बाल्यकाल देखी नै गीतसंगीतमा रुची भएको बताउँछिन ।

12834854_1069284649788235_71747775_n

आफ्नो साङ्गेतीक यात्रा बारे सम्झदै छन्त्याल भन्छिन सानै देखी गीतसङ्गीतमा रमाउने मान्छे एक दिन दाङमा छन्त्याल संघले आयोजना गरेको कार्यक्रममा पहिलो पटक स्टेजमा माईक समाएर गीत गाउने अवसर मिल्यो त्यसमा डराइ डराइ केही गीत गाए त्यसैको सन्देश सहित फोटोहरु समाजीक सञ्जाल तिर सार्बजनीक भएपछी धेरैको उत्साहजनक प्रतिकृया र हौसलाले आज यहाँ सम्म ल्यायो उनले सुनाइन । आफुलाई यो क्षेत्रमा औपचारिक पाइला टेक्न अग्रज कलाकार तथा कन्चान सुशिल म्युजिक प्रालिका बजार ब्यबस्थापक दिप छन्त्यालको भूमिका महत्वपुर्ण रहेको र उहालाई गुरुको रुपमा लिएको उनले बताइन ।

12822781_1069284659788234_1089311048_o

हाल सम्म करिब एक दर्जन भन्दा बढी लोक तथा दोहोरी गीतमा स्वर दिइसकेकी छन्त्यालको भर्खरै एउटा मार्मीक एक्कल लोक गीत रुदै छु म हाँस्न नसकेरू बजारमा आएको छ । कन्चन सुशिल म्युजिक प्रालि द्वारा सार्बजनिक उक्त एक्कल गीत धेरैले मन पराएको र उत्साहजनक प्रतिकृया पाएकोमा खुशी लागेको उनको भनाइ छ । दिप छन्त्यालको एल्बमूयो स्वार्थी दैबले कस्तो भाग्य लेख्यो मा पहिलो स्वर भरेकी छन्त्यालले क्रमश सम्झना सालैजो, साउदी दुबै कतार , फोन गरे है सानो ,सोह्र वर्षे जवानी मा नजर लगाएतका अरुको एल्बममा स्वर भरेकी छिन भने पछिल्लो सार्बजनिक एकल गीत आफ्नै एल्बम भएको उनले जानकारी गराएकी छन ।

दर्शक स्रोताको माया साथ सहयोग र स्वरले साथ दिदै गएमा कलाकारिता क्षेत्रमा निरन्तर अघि वढ्ने उनको भनाइ छ । । रेकर्ड भइसकेको अन्य गीती एल्बमहरु यो धर्तीमा ज्युदो रहे सम्म , चस्मा लाउने मायालाई ू लगाएत छिट्टै बजारमा आउने क्रममा रहेको पनि आष्माले जानकारी गराएकी छन ।

लोक सङ्गीत लाई निरन्तरता दिने अठोट लिएकी गायिका छन्त्याल पछिल्लो समय बढ्दै गएको प्रबिधिको बिकाशले सङ्गित क्षेत्र धारासायी बन्दै गएकोमा भने चिन्ता ब्यक्त गर्छिन । अबको पुस्ताले अग्रजहरुले जसरी कलाकारिताबाट जिवन निर्बाह गर्न सक्ने सम्भव देखिदैन स्टेज सो को भरमा कलाकारिता बचेको छ त्यो स्थान सम्म पुग्नलाई ठुलै लगानी गर्न पर्छ त्यो कला हुनेलाई भन्दापनी ठुलो मिडियामा खर्च गरेर प्रचारित हुन सक्नेलाई मात्र सम्भव छ त्यसैले नयाँ पुस्ताका कलाकार स्थापित हुन त झनै गाह्रो रहेको छन्त्यालको दुस्खेसो छ ।