नदी कटान र पहिरोका कारण बेनी – गलेश्वर सडकमा जोखिम बढ्यो (भिडियो सहित)

विकल्प न्यूज/बेनी
साउन ७ गते ।    बेनी–गलेश्वर सडकको जलेश्वर खण्डमा पहिरो गएका कारण जोखिम बढेको छ । सडक माथिबाट आउने पहिरो र कालिगण्डकी नदीले कटान गर्दा सडक भासिएका कारण सवारी साधन आवतजावत र सर्वसाधरणहरुलाई समेत पैदल हिड्न सकस परेको छ । जलेश्वर नजिक सडक माथिबाट आएको पहिरोका विहिवार विहान सडक अवरुद्ध भएको हो । एक्साभेटरले पहिरो पन्छाउने प्रयास गरिएपनि सडक माथिबाट निरन्तररुपमा पहिरो खसेका कारण समस्या भएको छ ।

 

कालिगण्डकी नदीमा आएको बाढीका कारण जलेश्वरनेर सडक भत्किएर जोखिम बढेको छ । पहिरो र नदीको कटानका कारण बेनी गलेश्वर सडक ठाउँठाउँमा भत्किएको छ । खुलाउने प्रयास भएपनि सडक माथिबाट निरन्तर रुपमा पहिरो खसेकाले खुलाउन समस्या भएको छ ।