ताजा समाचार:
Search

कालिगण्डकीमा आएको बाढीले बेनीको बसपार्क कटान गर्न थाल्यो (तस्विर र भिडियो)

विकल्प न्यूज/बेनी
साउन ६ गते । सोमबार धौलागिरि रेन्जमा भएको भारी वर्षाका कारण कालिगण्डकीमा आएको बाढीले बेनीको कालिपुल स्थित वसपार्क कटान गर्न थालेको छ । नदीमा पानीको सतह वढेपछि कालिपुल स्थित पेट्रोलपम्प नजिक नदी किनारमा लगाइएको ग्याविन जाली भत्कीन थालेको छ । जाली भत्किन थालेपनि बसपार्क नदी कटानको उच्च जोखिममा परेको छ । यसै गरी म्याग्दी उद्योग वाणिज्य संघको भवन देखि तल नदी किनारमा लगाइएको जाली पनि खस्न थालेको छ । हेर्नुहोस तस्विरहरु

हेर्नुहोस भिडियो