म्याग्दीका पहिरो पीडितहरुलाई मोना बेल्जियमबाट दुइलाख भन्दा बढी सहयोग

विकल्प न्यूज/बेनी

साउन १ गते । 

म्याग्दीका वाढीपहिरो पीडितहरुलाई मोना बेल्जियमले दुइलाख भन्दा वढी सहयोग गरेको छ । विहिवार ओमकुमारी शान्तिकोषको सचिवालय बेनीमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा मोना आइसिसीका उपाध्यक्ष सूर्य भट्चनले शन्तिकोषका अध्यक्ष राजेश शाक्यलाई दुइलाख ११ हजार दुइसय ७२ रुपियाँ हस्तान्तरण गर्नुभएको हो । पहिरो पीडितहरुको सहयोगका लागि शान्तिकोषले सहयोग अभिायन संचालन गरेको छ ।

असार २५ गते धौलागिरि गाउँपालिका ६ मराङ र मालिका गाउँपािलकाको ७ विममा पहिरो जाँदा ठूलो मानविय क्षति भएको थियो । पहिरो पीडितहरुको सहयोगका लागि विदेशमा रहेका म्याग्देलीहरुले सहयोग अभियान सञ्चालन गरेको मोना आइसीसीका उपाध्यक्ष भट्चनले बताउनुभयो । पहिरो पीडितहरुलाई सुरक्षित वसोवासको व्यवस्था मिलाउन समेत आइसीसीले सहयोग अभियान सञ्चालन गर्न थालेको उहाँले जानकारी दिनुभयो ।

प्राकृतिक विपत्तिबाट पीडित बनेका मराङ र विमका सर्वसाधरणहरुलाई राहत उपलब्ध गराउन कोषले देश विदेशमा सहयोगको आह्वान गरेको अध्यक्ष शाक्यले बताउनुभयो । विपत्तिका समयमा सवैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न उहाँले अनुरोध गर्नुभयो ।

कोषका सचिव लोकेश पुन मगरले सञ्चालन गर्नुभएको कार्यक्रममा कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी,कोषका पदाधिकारी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।