तोरीपानीका रिजालको रहरलाग्दो किबी खेती हेर्नुहोस भिडियो

विकल्प न्यूज/बेनी
असार २१ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित तोरीपानीका बामदेब रिजालले पाखोबारीमा व्यवसायिक रुपमा किबी खेती गर्नुभएको छ । ७ वर्ष अघि करिब २२ देखि २५ रोपनी जग्गामा किबीका विरुवा ४०० विरुवा रोप्नुभएको थियो । 

तिनवर्ष देखि फल दिन थालेको उहाँले बताउनुभयो । एक बोटमा पचास देखि ९० केजी सम्म किबी फल्ने रिजालले बताउनुभयो । बेनीमा कम्प्युटर व्यवसायी रिजालले गाउँमा खेरगएको पाखोभारीको उपयोग गरेर किबी खेती थाल्नुभएको हो । किबीको व्यवसायीक उत्पादन गर्नसकेमा राम्रो आम्दानी लिन सकिने उहाँको अनुभव छ । ठूला होटलहरुमा ८ सय देखि एकहजार रुपियाँ सम्म विक्री हुने गरेको उहाँले बताउनुभयो । नेपालीहरुमा पनि विस्तारै किबी खाने बानिको विकास हुँदै जान थलेकाले यसको बजार विस्तारको क्रममा रहेको उहाँले बताउनुभयो । । हेर्नुहोस भिडियो