बेनीमा पेट्रोल पम्पबाट इन्धन कब्जा गरी महङगोमा विक्री गर्ने तिनजना पक्राउ

विकल्प न्यूज /बेनी
म्याग्दी,फागुन १९ गते । बेनीमा रहेका पेट्रोल पम्पबाट इन्धन कब्जा गरी महङगोमा विक्रि गर्ने तिनजनालाई बुधवार प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुले अवैध रुपमा इन्धनको भण्डारण गरेको प्रहरीले जनाएको छ ।
नाकाबन्दी खुलेपछि इन्धन आपूर्ती खुकुलो भएपनि पेट्रोल पम्पमा पर्याप्त मात्रामा डिजेल, पेट्रोल नपाईने तर बाहिरबाट महँगो मूल्यमा बिक्री भैरहेको गुनासो बढेपछि प्रहरीले सुराकीका आधारमा छापा मारेको हो ।

DSC09144
कालीपुलमा रहेको फ्रेण्डसिप अटो ईञ्जिनियरीङबाट एक सय लिटर पेट्रोल सहित सञ्चालक यज्ञराज थापा (बिजय)लाई पक्राउ गरिएको प्रहरी निरीक्षक लोकेन्द्र सिंङ गुरुले बताउनुभयो । यसैगरी गलेश्वरमा मोहन केसीको घरबाट ३५ लिटर डिजेल र लक्की केसीको घरबाट ५० लिटर डिजेल तथा १५ लिटर पेट्रोल बरामद भएको छ ।

SG_Myagdi Kirtim Avab

पेट्रोलियम पदार्थसंगै इन्धन भण्डारणमा प्रयोग भएका ड्रम, ग्यालीन लगायतका भाडाँहरु सहित तिन जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी निरिक्षक गुरुले बताउनुभयो । पक्राउ परेकाहरुले गलेश्वर पेट्रोल पम्पबाट इन्धान ल्याएको बताएका छन् ।

पेट्रोल पम्प सञ्चालकसंग मिलेमतो गरेर इन्धनको कृतिम अभाव सिर्जना गरि कालोबजारी गरेको भन्ने सूचनाको आधारमा छापा मारेको प्रहरीले जनाएको छ । के प्रयोजनका लागि डिजेल, पेट्रोल भण्डारण गरेको हो भन्ने विषयमा अनुसन्धान गरिने प्रहरीले बताएको छ ।
कालीपुलको फ्रेण्डसीप अटो ईञ्जिनियरीङका सञ्चालक बिजय थापाले सहज रुपमा इन्धन नपाउने भएकाले आफ्नो सवारी साधनहरुका लागि इधन ल्याएर स्टक राखेको दावी गर्नुभयो । पक्राउ परेका मोहन केसी म्याग्दी जिप तथा बस सञ्चालक समितिका उपाध्यक्ष हुन् ।