ताजा समाचार:
Search

तोरीपानीका सागर ः जसले वर्षेनी झण्डै एककरोड रुपियाँ बराबरका विरुवा विक्री गर्नुहुन्छ (भिडियो)

विकल्प न्यूज/बेनी
असार ५ गते । 

म्याग्दीको बेनी नगरपालिका ९ घतानका सागर बानियाँले करिब ६० देखि ९० लाख रुपियाँ बराबरका विभिन्न जातका जडीबुटीका विरुवाहरु विक्री गर्नुहुन्छ । यतिखेर उहाँको नर्सरी ब्याडमा सतुवा,टिमुर,लोडसल्ला,रोजमेरी,दाँतेओखर लगायतका विरुवाहरु छन् । ९/१० वर्ष देखि विरुवा उत्पादन गर्दै आउनुभएका बानियाँले पछिल्ला केही वर्ष यसलाई व्यवसायिकता दिनुभएको छ । गत वर्ष २० लाख रुपियाँ बराबरका विरुवा बिक्री गरेको बताउने उहाँले यस देखि ६० देखि ९० लाख रुपियाँ सम्मका विरुवा बिक्री गर्ने बताउनुभयो । आगमी वर्ष यसलाई अझै बढाउने सोच उहाँको छ । उत्पादीत विरुवा म्याग्दी लगायत बागलुङ,पर्वत,कास्की र काभ्रे सम्म विक्री हुने बानियाँले बताउनुभयो । विरुवाका लागि अग्रीम रुपमा पेश्की दिने गरेकाले विक्रीमा कुनै समस्या नभएको उहाँको भनाई छ । माग अनुसार उत्पादन गर्न नसकिएको बानियाँले बताउनुहुन्छ । भिडियो / ठाकुरप्रसाद आचार्य