ताजा समाचार:
Search

नागरिकलाई राेगका साथै भाेकबाट पनि बचाऊ सरकार !

-शान्ति बस्नेत/ विकल्प न्युज

जेठ २३ गते ।

चीनको बुहानबाट सुरुवात भएर अहिले संसारको जुनसुकै स्थानमा पुगि सकेको कोरोना भाईरस अर्थात कोभिड-१९ को अहिले नेपालमा पनि प्रशस्त रुपमा विरामीहरु बढी रहेका छन् ।

नेपालमा ३ जना सक्रमण हुँदादेखि सुरु गरेको लकडाउन आज २९१२ जना सक्रमण र ११ जनाको मृत्यु भई सक्दा सरकारले १० अर्वको खर्च भएको बताउछ  ।

यति लामो समयको लकडाउन र आजसम्म सरकारले गरेको काम हेर्दा कोरोना अघीअघी सरकार पछिपछि भएको त आम जनताले बुझिसकेका छन् ।

विश्वले स्वास्थ्य संकट भोगि रहेको अवस्थामा नेपाल सरकारको तर्फबाट पनि प्रभावकारी भुमिका नभएकै हो ।

विश्वमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्ने अवधारणा पनि ढिलो त भयो यति हुँदा पनि सबै समस्यामा परेका नागरिकले सहजै उद्धार पाउन कठिन भएको छ ।

उद्धारको क्रममा कोरोना परीक्षण गरेको प्रमाण जरुरी हुन्छ र यो पनि सम्भव भएसम्म सरकारले दुतावाससँग समन्वय गरेर सहज रुपमा परीक्षण गराउने व्यवस्था सुनिश्चित गराउनुपर्छ ।

किनकि विदेशमा पनि कोरोना परीक्षणका लागी परीक्षण केन्द्रहरु त छन् तर त्यहाँको भिडभाडमा गएर परीक्षण गर्दा स्वस्थ्य मान्छेमा झनै सक्रमण हुने खतरा हुन्छ ।

यस्तै सामान्य कुराहरुलाई नै ध्यानमा राख्दै उद्धार कार्य गर्ने भए नेपालका लागि नै राम्रो हुने हुन्छ ।

तर सरकारको यस्तो कार्यमा धेरै नै पछाडी परेको छ । स्वास्थ्य क्षेत्रका विज्ञ मानिसहरुको कुरा नसुन्नाले पनि हाम्रो देशमा कोरोनाकों भयावहक स्थिति आउने निश्चित जस्तै छ ।

स्वस्थ्यलाई ध्यानमा राखेर विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डलाई १०० प्रतिशत पुरा गर्न नसके पनि ५० प्रतिशत सम्म पुरा गर्न त सम्भव छ नि ।

अर्को महत्वपूर्ण कुरा भाईसरको सक्रमण फैलदै गर्दा सरकार आफै आतिएको अवस्था देखिन्छ ।

यसकाे  नकरात्मक असर त आम जनतामा परिरहेको छ ।सबै जनता माझ भाईरसको वास्तविक जानकारी पुग्न नसक्नाले धेरै जनताहरुमा त्रास र भयको कारणले भाइरससँग लडन सक्ने क्षमता समेत गुमाइरहेका छन ।

सरकार आफैले बनाएका भाईरससंगको लडाइका निम्ति बनाएका नीति नियमलाई नै वेवस्ता गरेर आफूखूसी कार्य गर्ने पाइएको छ ।

यस्तो अवस्थामा सरकार आफै आत्तिनु र निर्णयलाई वेवास्ता गरिनु सरकारको ठूलो कम्जोरीपन हो ।

त्यस कारण पनि सरकार पक्षको नेतृत्व क्षमताप्रति प्रश्न चिन्ह उठिरहनु स्वाभाविक नै हो ।

जनताहरुका आधारभूत आवश्यकता अर्थात अहिलेको अवस्थामा एउटा रोग मात्रै हैन भोकबाट पनि बाचाउनु पर्ने सरकारको जिम्मेवारी हो ।

कोरोनाको त्रासबाट पनि सचेतना जगाउन जरुरी हुन्छ जनमानसमा कोरोना भाईरस लाग्यो भने मरिहालिन्छ भन्ने एउटा भ्रामिक मानसिकता छ नि त्यसलाई पनि सकरात्मक रुपमा वा सरल र सहज तरिकाबाट हामी बसैले बुझेर सुरक्षाका उपायहरु अपनाउन निर्देशन गर्नुपर्दछ ।

सरकारको तर्फबाट सक्रमण धेरै भएको स्थानहरुमा बढी भन्दा बढीको परीक्षण गर्ने व्यवस्थित क्वारेन्टाइन बनाई क्वारेन्टाइनमा बस्नेहरुका लागि उचित खानपान र सुरक्षाको व्यवस्था गरिनुपर्दछ ।

कोरोनामा अर्वौ खर्च भएको भनेर मात्रै हुन् यस्तो भयावहक परिस्थितिमा चेतनाको पनि विकास गर्नुपर्छ । सरकारको काम र कर्तव्यप्रति जनताको भरोसा हुने कार्य गर्नु अहिलेको परिस्थितिको माग हो ।

आवश्यकतामा हरेक कुराहरुको पूर्ति हुन जरुरी छ । अहिलेको परिस्थितिमा सरकारले भोक र रोगबाट जनतालाई बचाउन सकियो भने मात्रै सरकार र सत्ता भएको अनुभूति हुन सक्छ ।

यो समयमा हरेक मानिसहरुको दैनिकि ठप्प छ त्यस कारण सरकाबाट नै सबैको आशा हुन्छ, अभावमा नै हो विरोधका आवाजहरु पनि गुञ्जिने गर्छन त्यस्ता परिस्थितिमा आवश्यकताको महशुस गरेर समस्याको समाधान गर्नुपर्छ ।

अहिलेको परिस्थितिलाई हो यस्तो अवस्थामा सिङ्गो देश ठप्प छ तर मानिसका आवश्यकताहरु दिनप्रतिदिन थपिदै गएका हुन्छन ।

त्यस कारण पनि सरकार  संग सबैको आशा संगै चिन्ता पनि बढ्दै गएको छ ।  त्यसै कारण सरकार पक्षले पनि जनतालाई विश्वस्त वनाउसक्नु नै पहिलो कर्म हो ।