लायन्सकाे साथ पाएपछि सडक मानवकाे मुहारमा खुसि ( फोटो / भिडियो)

विकल्प न्यूज/बेनी
जेठ १३ गते । बेनी बजारमा बेवारिसे अवस्थामा रहेका पाँचजनालाई लायन्स क्लब अफ बेनी पिस सिटीको सहयोगले खाने र वस्ने व्यवस्था मिलाइएको छ । क्लबका पदाधिकारीहरु मंगलबार विहान उनीहरु बसेको स्थान खुल्ला मञ्च पुगेर उनीहरुलाई नुहाइदिनुका साथै सरसफाई गरेर नयाँ कपडा लगाइदिएका छन् । उनीहरु बस्ने स्थानमा नयाँ बेड विस्तारको व्यवस्था मिलाइएको छ । लकडाउन अवधि सम्म उनीहरुको खाने बस्ने व्यवस्था क्लबले गरेको छ ।     https://www.youtube.com/watch?v=nDaRw5K-ihg&t=453s