ताजा समाचार:
Search

धवलागिरी हाईड्रो प्रा.लिका अध्यक्ष कोरियामाम्याग्दी खोला जलबिद्युत आयोजना र लगानी सम्बन्धी सेमिनारको आयोजना हुँदै,

12189882_10153162257571120_2837198406763953509_n

 

 

भरत तुलाचन\सउल कोरिया,

म्याग्दी जिल्लाको देविस्थान र ताकमको सिमा क्षेत्रमा निर्माण हुन लागेको जिल्लाकै चर्चित २५ मेगावाटको जलविद्युत आयोजनामा लगानी सम्बन्धि सेमिनारमा सहभागि हुन धवलागिरी हाइड्रो प्रा.लि का अघ्यक्ष प्रमोद श्रेष्ठ सहितको प्रतिनिधि टोली कोरिया आई पुगेको छ ।
नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य समेत रहनु भएका श्रेष्ठ सहितको टोलीले यसै आईतबार कोरियामा रहेका म्याग्देली तथा गैर म्याग्देली प्रवासी नेपालीहरु संग आयोजनाका वारेमा बृहत छलफल गर्न कोरिया आइपुगेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ । म्याग्दीकै गौरवका रुपमा रहेको आयोजनालाई सफलरुपमा सम्पन्न गर्नका लागि प्रवासी म्याग्देली लगायत अन्य नेपालीहरुको लगानी जुटाउन उहाँ यहाँ आउनुभएको हो । उहाँले आयोजनाले म्याग्दीकै विकासको ढोका खोल्ने दावी गर्नुभएको छ ।
12193707_10207712090106055_7421683723995542463_nजिल्लामा हाल सम्मकै सबभन्दा ठूलो २५ मेघावाटको यस महत्वकांक्षी आयोजना दरबाङ बजार देखि दुई किलो मिटर माथि देविस्थान र ताकम धारापानी जाने फेदीखोलामा बाँध बाधेर ५ किलोमिटर टनेल हँुदै दरबाङ र बावियाचौर गाविसको सिमानामा अवस्थित सहश्रधाराको रातोढुंगामा १ सय मिटर अग्लो हेडका साथ पावर हाउस निर्माण हुनेछ । प्रारम्भिक ३ अर्व ९३ करोड रुपैयाँ कुल लागत रहेको यस आयोजनालाई लक्षित गर्दै तय गरिएको यस सेमिनारलाई आयोजना सम्बन्धि पूर्ण जानाकारी र सुरक्षित लगानीको सु अवसरको रुपमा हेरिएको छ । सेमिनारमा सहभागि भई दिनुहुन कोरियामा रहनु भएका सम्पूर्ण म्याग्देली तथा गैर म्याग्देलीहरुलाई म्याग्दी जिल्लाका बैदेशिक लगानी सम्बन्धि कोरिया प्रतिनिधि बिनोद कुंवरले हार्दिक अनुरोध गर्नु भएको छ । आयोजनालाई म्याग्दीमा महत्वका साथ हेरिएको छ ।