लोकदोहोरी गायक रामु रिजालको गीत ‘सम्झना’को छायाँङ्कन

अमित बिश्वकर्मा/विकल्प न्यूज
फागुन २९ गते ।
म्याग्दीका नब गायक रामु रीजालको पहिलो लोक दोहोरी गीत ‘सम्झना’ को बुधबार तनहुँको दमौलीमा छायाँङ्कन गरिएको छ ।
दरबाङ बजारमा व्यबसाय संचालन समेत गरेका गायक रिजालको स्वरमा रहेको उक्त गीतमा चर्चित गायक एवम् मोडल कृष्ण रेउले र रुबिना अधिकारीको अभिनय रहेको छ ।

म्युजिक भिडियोको निर्देशन तारानाथ आचार्य र कोरियोग्राफ होम गुरुङले गर्नु भएको छ भने छायाँङ्कन गणेश सापकोटाको रहेको छ । गायक रीजालको शब्द र अमित बिश्वकर्माको लय सृजना रहेको उक्त गीतमा रीजाल र लोक गायीका रीना केसीको स्वर रहेको छ ।

अमित बिश्वकर्मा र शान्ता परियारको कोरस आवाज रहेको गीतको संगीत संयोजन चर्चित एरेन्जर तारानाथ आचार्यले गर्नु भएको हो । माया प्रीतीमा आधारित गीत सम्झना को म्युजीक भिडियो डिजिटल स्टारबाट केही दिनमा बजारमा आउने गायक रीजालले बताउनुभयो ।