रनिङ शिल्ड सँगै पचास हजार पुरस्कार जित्यो रघुगंगा माविले

विकल्प न्यूज/बेनी
फागुन ३ गते ।
रघुगंगा गाउँपालिकाले आयोजना गरेको पालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी रघुगंगा माविले जितेको छ । शनिबार पिप्लेमा सम्पन्न अन्तर मावि दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी रघुगंगा माविले हात पारेको हो । उपाधी हात पारेसँगै विद्यालयले नगद पचास हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

साविक विजेता समेत रहेको रघुगंगाले प्रतियोगितामा ९ स्र्वण, २ रजत र २ कास्य पदक सहित उपाधी जितेको हो । प्रतियोगितामा मुक्तिधाम माविले ८ स्वर्ण, ६ रजन र ४ कास्य पदक हात पार्दै द्धितिय र ज्ञानोदय माविले ३ स्वर्ण, ६ रजत र २ कास्य पदक सहित तृतीय हुन सफल भएका छन् ।
प्रतियोगितमा प्रथमलाई नगद ५० हजार सहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ भने द्धितियलाई नगद ४० हजार र तृतियलाई नगद ३० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रेम थापाले जानकारी दिनुभयो ।
छात्र भलिबलतर्फ प्रथम मुक्तिधाम मावि, द्धितिय ज्ञानोदय मावि र तृतीय रघुगंगा मावि र छात्रातर्फ प्रथम कालिका मावि, द्धितिय जनता मावि र तृतीय रितुङ माविलाई क्रमश नगद १० हजार, ७ हजार र ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । प्रतियोगितामा मार्च पासमा नर्थ स्टार बोडिङ स्कुल उत्कृष्ट बनेर नगद दुई हजार सहित पुरस्कृत भएको छ ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजा, प्रवक्ता एवम् वडा नम्बर ३ का अध्यक्ष जिवन कुमार मल्ल, वडा नम्बर २ का अध्यक्ष रिम कटुवाल, रघुगंगा मावि व्यवस्थापन समितिका अध्यक्ष खिम शाही लगायतले उपाधि र पदक बिजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।  गाउँपालिकाभित्रका विभिन्न १० वटा माध्यमिक तहका विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएको प्रतियोगिताको फागुन १ गते गण्डकी प्रदेश सभाका सदस्य विनोद केसीले उद्घाटन गर्नुभएको थियो । महिला र पुरुषतर्फ भलिबल र एथलेटिक्स विद्यातर्फ विभिन्न १३ इभेन्टमा विद्यार्थीहरुबिच प्रतिस्पर्धा गराईएको प्रतियोगिताको हरेक इभेन्टमा स्वर्ण, रजत र कास्य पदक बिजेतालाई नगद ५ सय, ४ सय र ३ सयको दरले पुरस्कृत समेत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक रेग्मीले जानकारी दिनुभयो ।