म्याग्दी क्याम्पसले मनायो क्युएए उत्सव (फोटो /भिडियो)

विकल्प न्यूज\बेनी
माघ २१ गते ।म्याग्दी बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको खुसियालीको अवसरमा उत्सव मनाएको छ । मंगलबार बेनीबजारमा विभिन्न बाजागाजा,झाँकी सहितको ¥यालीले बजार परिक्रमा गरेर खुसियाली मनाएको हो । ¥यालीमा विभिन्न जातजातिका भेषभुषा र झाँकी प्रदर्शन गरिएको छ । बाजामा विद्यार्थीहरु खुसियाली मनाउँदै नाचगान समेत गरेका छन् ।
विश्व विद्यालय अनुदान आयोगबाट क्युएए प्राप्तसंगै अन्तराष्ट्रिय स्तरको मान्यतामा सूचिकृत भएको खुसीयालीमा बेनीमा झाँकी सहितको ¥याली र समारोहको आयोजना गरिएको क्याम्पसले जनाएको छ ।