ताजा समाचार:
Search

छिनाल बने प्रथम धौलागिरी लोकतारा

सन्तोष गौतम/विकल्प
फागुन ९ गते ।
म्याग्दीको बेनीमा शनिबार सम्पन्न प्रथम धवलागिरी लोकतारा प्रतियोगितामा शक्ति छिनाल बिजयी हुनुभएको छ ।

स्थानीय लोक संस्कृतीको संरक्षण र प्रतिभाको पहिचान गर्ने उद्देश्यले आयोजित एकल गायन प्रतियोगिता मार्फत म्याग्दीको कुहुँ ५ पैयुपाटाका  छिनाल प्रथम धौलागिरी लोकतारामा बिजयी हुनुभएको हो ।

छिनाललाई प्रथम धौलागिरी लोकतारा धोषणा गर्नुका साथै नगद २५ हजार प्रदान गरिएको छ । बागलुङको गलकोटकी परि पुन प्रतियोगितामा उपबिजेता बन्नुभएको छ । उहाँलाई धौलागिरि लोकतारा उपबिजेता घोषणाको साथै नगद १५ हजार रुपैयाँ प्रदान गरिएको छ । उनिहरुलाई ट्रफी र प्रमाणपत्र पनि उपलब्ध गराइएको छ ।

dhaulagiri loktara (1)

म्याग्दी रमाईलो साँझ र अमर संसार म्युजीक प्रालीले आयोजना गरेको प्रतियोगिताका बिजेता र उपबिजेतालाई एल्बममा गित गाउने अवसर पनि प्रदान गरिने प्रतियोगिताका संयोजक ध्रब जिसीले बताउनुभयो ।

प्रतियोगितामा म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका ६० जना भन्दा धेरैले सहभागिता जनाएका थिए । लोकतारा बिजेता छिनाल पेशाले ट्याक्सी चालक हुन् । टप २०, टप १०, टप ६ र टप २ हुँदै उनी विजेता बनेका हुन । सबै अडिसनहरुमा उत्कृष्ट प्रस्तुति दिएका छिनालर्ले ए हजुर एक्लो परानी, जुन उदाए तारा मधुरो….’ लगायतका भाकामा गित गाउँदा रुची चलचित्र हलमा भरिभराउ दर्शक भावुक बनेका थिए ।

12742621_1031343213576276_4466347624662749671_n

म्याग्दीका रमेश परियार, अमृता विश्वकर्मा, बागलुङकी मेनुका थापामगर र सुजन पौडेल उत्कृष्ठ पाँचबाट नै बाहिरिए । उत्कृष्ट १० को प्रतिस्पर्धामा म्याग्दीकी अृमता विश्वकर्मा र बागलुङका सुजन पौडेलले समान अंक ल्याएपछि दुवै जनालाई उत्कृष्ठ पाँचमा समावेश गराइएको थियो ।

dhaulagiri loktara (3)बरिष्ठ लोकगायक ईन्द्र जिसी, प्रमुख अतिथी लक्ष्मणश्री, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्मा, दितृय उपाध्यक्ष सुवीन श्रेष्ठ लगायतले लोकताराका बिजेता र उपबिजेताहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।