ताजा समाचार:
Search

हेर्नुहोस अचम्मको साइकल यात्रा (भिडियो)

 स्कटल्याण्डको कुइलिन पर्वतीय क्षेत्रमा साइकलको सवारी गर्ने बहादुर साइकल सवार डेनी म्याकआस्किलले यस पटक नयाँ करतव देखाएका छन् ।

स्पेनको ग्रेन कानारिया द्विप समूहलाई आफ्नो साइकलबाटै छिचोलेका छन उनले तर, साइकल सडकमा होइन द्विप समूहका घरका छत, पर्खाल र रेलिङमा चलाएका छन् ।

उनको यो साइकल सवारीको भिडियो एक सातामै ७० लाख पटक हेरिएको छ ।

यो द्विप समुद्र किनारमा २३६ किलोमिटरसम्म फैलिएको छ । डेनी म्याकआस्किल यही द्विपको एउटा किनारको घरको छतबाट साइकल चलाउँदै अर्को किनारको घरको छतसम्म पुगेर समुद्रमा छलाङ लगाउँछन् ।