मृगौला पीडित शर्मालाई मोना कतारको सहयोग

विकल्प न्यूज/बेनी
असोज १३ गते ।   म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति (मोना) कतारले मृगौला पीडितको उपचारका लागि आर्थिक सहयोग गरेको छ । दुवै मृगौला फेल भएका बेनी नगरपालिका ५ पुलाचौरका डकेनाथ शर्मालाई मोना कतारले उपचारमा सघाउन ४३ हजार सातसय रुपैयाँ सहयोग गरेको हो । सोमबार बेनी स्थित ओमकुमारी शान्तिकोषको सचिवालयमा सहयोग हस्तान्तरण कार्यक्रम मार्फत प्रतिनिधिसभाका सांसद भुपेन्द्र थापा र मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेलले सहयोग रकम पीडितका भाई विज्ञान शर्मालाई हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम हस्तान्तरण गर्नुहुँदै सांसद थापाले विदेशमा पसिना बगाएर आर्जन गरेको रकम मानविय सेवाका लागि सहयोग गर्नुहुने मोना कतार परिवारलाई विशेष धन्यवाद दिनुभयो । कार्यक्रममा मोना कतारका अध्यक्ष पौडेलले पीडित शर्माको उपचारमा थोरै भएपनि सहयोग पु¥याउन आफूहरुले सहयोग गरेको बताउनुभयो । उहाँले आपत र विपतमा परेका म्याग्देलीहरुलाई सहयोग गर्न मोना कतारले निकट भविष्यमा १० लाख रुपियाँ बरावरको अक्ष्यकोष स्थापना गर्न लागेको जानकारी दिनुभयो । यसै विच मोना कतारले म्याग्दीका क्रियाशिल पत्रकारहरु घनश्याम खड्का,ठाकुरप्रसाद आचार्य,सन्तोष गौतम,हरिकृष्ण गौतम,कमल खत्री,राकेश शर्मा,अमित विश्वकर्मा र अमृत बास्कुनेलाई कदरपत्र र दोसल्लाले सम्मान गरेको छ ।
मोना कतारका संचार संयोजक हरिकृष्ण गौतमको संचालन,अध्यक्ष पौडेलको अध्यक्षता र उपाध्यक्ष नगेन्द्र फगामीले स्वागत गर्नुभएको थियो ।