महिलाहरुलाई आधारभूत तालिम

DSC03534
प्रताप बानियाँ \नव विकल्प
म्याग्दी, कार्तिक १७ –
महिला तथा बालबालिका कार्यालय म्याग्दीको आयोजनामा महिलाहरुका लागि जिल्लास्तरीय आधारभूत तालिम शुरु भएको छ । विभिन्न सिप सिकाई महिलाहरुलाई व्यवसाय शुरु गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
एक हप्तासम्म चल्ने तालिममा महिला विकास कार्यक्रम, समूह गठन, बचत परिचालन, नेतृत्व, सञ्चारका सिपहरु, प्रजनन स्वास्थ्य, सुरक्षित मातृत्व, लिङ्ग र लैङ्गिकता, घरेलु हिंसा, बालअधिकार, चेलीबेटी बेचबिखन, ग्रामीण व्यवसायलगायतका विषयहरुमा सहजीकरण गरिने भएको छ ।
तालिममा महिला विकास कार्यालयबाट प्रवद्र्धित जिल्लाका विभिन्न ५ ओटा सहकारीका ३० जना नयाँ सदस्यता लिएका महिलाहरुको सहभागीता रहेको छ । तालिमको महिला विकास अधिकृत निर्मला शर्मा, बाल संरक्षक निरीक्षक भूवनबहादुर मल्ल, सहायक महिला विकास निरीक्षकहरु लक्ष्मी केसी, विन्दु शर्मा, गायत्री दाहाल र सुकमाया थापाले सहजीकरण गरिरहेका छन् ।