पर्वत प्रवासी समाज कोरियाको अध्यक्षमा पुर्जा

विकल्प न्यूज /बेनी
माघ २७ गते ।

हालै सम्पन्न भएको पर्वत प्रवासी समाज दक्षिण कोरियाको चौथो अधिवेशनबाट तुलबहादुर पुर्जा अध्यक्षमा निर्वाचित हुनुभएको छ । विभिन्न पेशा तथा रोजगारीको शिलशिलामा दक्षिण कोरिया पुगेका पर्वतेलीहरुको साझा संस्थाका रुपमा क्रियाशिल प्रवासी समाज सामाजिक कार्यमा अग्रसर हुँदै आएको छ ।

prabat samaj
अधिवेशनले ११ सदस्यीय कार्य समितिको निर्बिरोध चयन गरेको हो । जसको उपाध्यक्ष बिमल गौतम ,सचिब बचन प्रताप सेन ,सह सचिब सुरेश हमाल ,कोषाध्यक्ष नारायण भुसाल ,सदस्यहरुमा क्रमशः शौरभ पौडेल ,जय नारायण सुबेदी , अप्सरा श्रेष्ठ, तेज बहादुर भण्डारी, मिलन शर्मा बस्याल र धनपति भट्टराई रहेका रहनुभएको छ । त्यसै गरि सल्लाकारहरुमा तेजेन्द्र सुबेदी ,सुनिल बरुवाल, भिम गुरुङ,बुद्धि गुरुङ र रुद्र शर्मालाई चयन भएको सहसचिव हमालले जानकारी दिनुभयो ।

हमालका अनुसार रोशन शर्मा पौडेललाई क्षेत्रीय सल्लाकार प्रमुखमा चयन गरिएको ेछ भने खेलकुद समितिमा संयोजक राजन गुरुङ र सदस्यमा द्वय ऋतु थापा र प्रकाश पांडे चयन हुनुभएको छ ।
अधिवेशनको उद्घाटन सत्र अध्यक्ष तेजेन्द्र सुबेदीको अध्यक्षता सञ्चालन सचिब बिमल गौतमको संचालनमा सम्पन्न भएको थियो ।
अधिबेसनको उद्घाटन समारोहमा तुलबहादुर पुर्जाले समाजले कोरियामा रहेका पर्वतेलीहरुलाई एकतावद्ध गर्न सफल भएको बताउनुभएको थियो । सचिब बिमल गौतमले सस्थाको प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन प्रस्तुत गरि अनुमोदन गरिएको थियो । समाजले कोरियामा रहेका पर्वतेलीहरुको हकहितको संरक्षण गर्नुका साथै पर्वत जिल्लामा सामाजिक कार्य गर्दै आएको छ ।