‘ए मेरो प्यारो वाखेत गाउँ’ बिमोचन

विकल्प,न्यूज
म्याग्दी,माघ २४ गते ।
म्याग्दीको पात्लेखेत गाविस वाखेत निवासी कलाकार गुन पुर्जाले आफ्नो जन्मगाउँको बारेमा गीति एल्बम तयार पारेका छन् ।
गायन क्षेत्रमा रुची राख्ने पुर्जाले तयार पारेको ए मेरो प्यारो वाखेत गाउँको घारसुन्न लालीगुराँस युवा कल्व र विद्योदय निमावीको संयोजनमा भएको एक समारोहमा बिमोचन गरिएको छ । सालैजो, पञ्चेबाजा र रोमान्टीक शैलीका लोक आधुनिक गरि चार वटा गीत समावेश रहेको उक्त एल्बमको शब्द रचना विद्योदय निमावीका प्रअ मनविर किसान, संगित दिपक शर्मा तथा लय गुन पुर्जा र कोपीला सिग्देलको रहेको छ ।

Gun Purja
गीतको माध्यमबाट वाखेत गाउँलाई चिनाउने प्रयास गरिएको छ । गिती एल्बमको बिमोचनका अवसरमा गायक पुर्जालाई स्थानीयबासीहरुले एक लाख १७ हजार रुपैयाँ सहयोग गरेका थिए । गीत रेकर्डमा सहयोग गर्ने दाताहरुलाई उक्त कार्यक्रममा सम्मान गरिएको थियो भने गायक गुन पुर्जा, निर्मला गर्बुजा र गोल्डेन समूहका कलाकारहरुले सांस्कृतीक प्रस्तुती गरेका थिए ।