म्याग्दी जेसीजद्धारा ट्राफिक सचेतना कार्यक्रम

विकल्प न्यूज/बेनी
बैशाख २८ गते ।

म्याग्दी जेसीजको आयोजनामा शनिवार बेनीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बढ्दै गएको सवारी दुर्घटनालाई न्युनिकरण गर्ने र सवारी यात्रालाई सुरक्षित बनाउन जनचेतना अभिबृद्धिको लागि आयोजित कार्यक्रममा सार्वजनिक सवारी साधनमा दुर्घटना न्युनिकरणको लागि सचेतनामुलक स्टिगर टाँस गरिएको छ ।

जिल्लाबाट लामो तथा छोटो दुरीमा छुट्ने सावरी साधनमा स्टिगर टाँस गरिएको हो । कार्यक्रममा बोल्दै नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठले सुरक्षित यात्राको लागि चालक सचेत र सवारी साधनको अबस्था स्तरीय हुन आबश्यक रहेको बताउनुभयो ।

उहाँले साना कुराहरुलाई ध्यान नदिँदा हुने दुर्घटनाले मानविय क्षतीको जोखिम बढ्ने गरेको बताउँदै सम्बन्धित सबै सरोकारवालाले ट्राफिक सचेतनामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मित्रलाल ढकालले सवारी दुर्घटना हुनुमा मानविय, यान्त्रिक, सडक र वातावरणीय पक्षको कारणहरुमध्ये मानविय कमजोरीको कारण धेरै दुर्घटना हुने गरेको बताउनुभयो ।

दुर्घटना न्युनिकरणमा सघाउ पु¥याउने उदेश्यले सचेतना कार्यक्रम गरिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष खम थापाले जानकारी दिनुभयो । कार्यक्रममा म्याग्दी जेसीजका पूर्व अध्यक्षद्धय विजयकुमार श्रेष्ठ र भिमसेन बराईलीले समेत मन्तव्य राख्नुभएको थियो । शाखा अध्यक्ष थापाको अध्यक्षता, कार्यकारीणी उपाध्यष सुजन बरुवालको स्वागत र कोषाध्यष एवम् कार्यक्रम संयोजक अर्जुन पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।