ताजा समाचार:
Search

म्याग्देली गायक राम गगनको बेनीको बजारमा मन पर्ने हजार (भिडियो)

विकल्प न्यूज /बेनी
माघ १८ गते ।
म्याग्देली युवा गायक राम गगनले बेनीको बजारमा मन पर्ने हजार गीतको एल्बम सार्वजनिक गर्नुभएको छ । भर्खर मात्र बजारमा ल्याउनुभएको गीति एल्बममा लोक गायक प्रकाश सपुत तथा साथिहरुले सालैजो भाकामा कम्मर मर्काएका छन् ।

Ram gagan
राम गगन र कुमारी चेपाङको स्वरमा सजिएको उक्त सालैजु भाकालाई संगम डिजिटलले बजारमा ल्याएको छ । सागर बिरहीको एरेन्जमा तयार भएको उक्त सालैजो गीतको शब्द पनि गायक राम गगनले नै लेख्नुभएको हो ।

ram gagan 2
आकाशको जुन छुन सकिन ,कानुन बमोजिम डिभोर्स दिईन्छ, तथा भन्न पो भाछैन जस्ता करिब एक दर्जन गीतमा शब्द तथा स्वर दिनुभएको गायक राम गगन बेनीको बजारमा मन पर्ने हजारले सफलता पाउनेमा आशाबादी हुनुहुन्छ । म्याग्देली गायक राम गगन आफुलाई आफ्नो म्याग्दी जिल्लाको प्रकृतिले गाउन तथा सिर्जना गर्न उत्प्रेरणा दिने बताउँदै पछिल्लो समयमा निस्केका सबै आफ्ना सृजनाहरु म्यादीकै हावा पानीले दिएको उत्प्रेरणाको उपज मान्नुहुन्छ । उहाँले पछिल्लो प्रस्तुतीलाई पनि मनपराइदिने आशा व्यक्त गर्नुभएको छ ।