ताजा समाचार:
Search

“गरिव,विपन्न र जेहेन्दार बालबालिकाको शिक्षाका लागि सहयोगार्थ” नागोयामा मोना साँझ हुने

विकल्प न्युज
म्याग्दी बैशाख ५ गते । जापानको नागोयामा मोना साँझ हुने भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना )जापान नागोया क्षेत्रिय कार्य समितिको आयोजनामा सो कार्यक्रम हुने भएको हो ।

जिल्लामा रहेका गरिव विपन्न ,र जेहेन्दार बालबालिकाको सहयोगार्थ सो कार्यक्रमको आयोजना गर्न लागिएको मोना नागोया क्षेत्रिय कार्य समितिका महासचिव कमल पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार मे १ तारिखमा आयोजना हुने साँझमा नेपालबाट आउनुहुने चर्चिच गायक शिव परियार ,चर्चित लोक दोहोरी गायिका ज्योती मगर, र चर्चित पप गायक एवम् प्रथम विग आइकन विजेता गगन पुन मगरको प्रस्तुती रहनेछ ।

‘विगत देखी नै जिल्लाको आर्थिक ,सामाजिक र भौतिक पुर्वाधारमा सहयोग गर्दै आइरहेको मोना जापान नागोयाले यस बर्ष भने गरिबीका कारण शिक्षादिक्षाबाटै बन्चित भएका बालबालिकाको शैक्षिक भविस्य सुनिश्चित गर्ने अभियानमा नेपालीको सहयोगको अपेक्षा गरेका छौ’ अध्यक्ष रुपेश चोचाङ्गी पुनले भन्नुभयो ।

अध्यक्ष चोचाङ्गी पुनले कार्यक्रमलाई सफल बनाउन जापानमा कार्यरत म्याग्देली तथा गैर म्याग्देली नेपालीहरुलाई सहभागितका लागि आग्रह गर्नुभएको छ । नागोयाको नाकामुरा कल्चर थियटरमा हुने मोना साँझको तयारीलाई तिव्रता दिइएको आयोजकले जनाएको छ ।