मोना स्पेनद्धारा महिला तथा बालबालिकाको सहयोगका लागि साढे चार लाख सहयोग

विकल्प न्युुज

बेनी चैत्र ८ गते । म्याग्दी प्रवासी नेपाली संघ स्पेनले महिला तथा बालबालिको सहयोगका लागि साढे चार लाख बढी आर्थिक सहयोग गरेको छ । मोना स्पेनका पुर्व अध्यक्ष एवम् आर्थिक संयोजक सन्त बहादुर क्षेत्रिको पहलमा स्पेनमा संकलित ४ लाख ३६ हजार रुपैयाँ एक कार्यक्रमका विच शुक्रबार बेनीमा प्रमुख अतिथि मोना आइइसीका संरक्षक सुवास श्रेष्ठ मार्फत मोना आइइसीलाई हस्तान्तरण गरिएको छ ।

सहयोग रकम हस्तान्तरण गर्नुहँदै मोना स्पेनका बर्तमान सल्लाहकार लाल बहादुर केसीले प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ मोनाले संचालनमा ल्याएको पिडित महिला तथा बालबालिका सहयोगार्थ १ करोडको अक्षय कोष स्थापनाका लागि .आर्थिक सहयोग गरिएको बताउनुभयो ।

म्याग्दीका असाहय तथा पिडित महिलाको सशक्तीकरण, लैङ्गिक तथा बाल अधिकार प्रवद्र्धन लाई मुल प्रवाहीकरण गरि जिल्लाका महिला तथा बालबालिकाहरु को निमित्त काम गर्नका लागि अक्षयकोष स्थापना गर्न लागिएको बताइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि मोना आइइसीका सल्लाहकार श्रेष्ठ,म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दीका अध्यक्ष उत्तमकुमार कर्माचार्य , मोना स्पेनका बर्तमान सल्लाहकार केसी लगायतले मन्तव्य व्यक्त गर्नुभएका थियो । कार्यक्रममा मोना स्पेनका साधारण सदस्य सिता केसी लगायत अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । प्रमुख अतिथि श्रेष्ठको उपस्थिती र मोना आइइसीका कर्मचारी रन्जना श्रेष्ठको संचालनमा कार्यक्रम समापन भएको थियो ।

आर्थिक सहयोग दाताहरुको नामावली
१) नन्दकलि थापा मगर जैसी ( अनुसा ) १ लख १ हजार रुपैया ( बरङ्जा ( पखेर , म्याग्दी ) हाल सेभिया , स्पेन
२) लाल बहादुर के सी १ लाख रुपैया (सिङ्गा(सुर्केमेला , म्याग्दी ) हाल अलीकान्ते
३) मोना स्पेन १ लाख रुपैया
४) कुमारी तारा पुन मगर १५ हजार रुपैया ( थबाङ , रोल्पा ) हाल ईस्तान्बुल , टर्की
५) शन्त बहादुर क्षे त्री १० हजार रुपैया (भकिम्ली,म्याग्दी ) हाल बार्सिलोना , स्पेन
६) ठम बुढाथोकी १० हजार रुपैया ( अर्मन , म्याग्दी ) हाल बार्सिलोना,स्पेन
७) दिनेश बानीया १० हजार रुपैया (भिर मुनी,म्याग्दी) हाल बार्सिलोना, स्पेन
८) तप्पन रोका १० हजर रुपैया ( दर बाङ ९ ,म्याग्दी ) हाल बार्सिलोना, स्पेन
९) बिकाश कार्की १० हजर रुपैया ( ताकम,म्याग्दी ) हाल बिलबाउ ,स्पेन
१९) सन्तोश भण्डारी १० हजार रुपैया (ताकम,म्याग्दी ) हाल बिलबाउ ,स्पेन
११) कुल (नबिन ) बहादुर कार्की १० हजार रुपैया (भकिम्ली,म्याग्दी ) हाल बार्सिलोना , स्पेन
१२) मन्जु गौचन १० हजार रुपैया ( सिङ्गा(तातोपानी , म्याग्दी ) हाल बार्सीलोना , स्पेन
१३) याम बहादुर के सी १० हजार रुपैया ( बास्कुना(सिङ्गा , म्याग्दी ) हाल अस्त्रेलिया
१४) रमेश पौडेल १० हजार (पुलाचौर्, म्याग्दी ) हाल बार्सिलोना , स्पेन
१५) कमल राज गुरुङ १० हजार रुपैया थाम डाडा, सिङ्गा हाल अलिकान्ते
१६) मुक्तिनाथ पौडेल १० हजार रुपैया सिङ्गा हाल अलिकान्ते