बेनीका कलाकार ध्रुब र निशाको गीती एल्बम ‘सहनाई रोलाकी’ सार्वजनीक(भिडियो सहित)

सन्तोष गौतम/विकल्प
म्याग्दी,माघ ११ गते ।
म्याग्दीका कलाकार ध्रुब जिसी र निशा केसीको पञ्चेबाजा गित ‘सहनाई रोलाकी’को म्युजीक भिडीयो सार्वजनीक भएको छ ।

गिती एल्बम तयार पारेको टिटाईम म्युजीक कम्पनीले युट्युव मार्फत गितको भिडीयो सार्वजनीक गरेको हो । युट्युवमा सार्वजनीक भएको २४ घण्टामै तिन हजार नौ सय जनाले भिडीयो हेरेका छन् ।

जिसी र केसीको स्वर रहेको गितमा कलाकार शंकर विसी र पार्वती राईको साथै स्थानीय कलाकारहरुको अभिनय रहेको छ । केसी र सञ्चारकर्मी समेत रहेका कलाकार अमित विश्वकर्माको शब्द र बसन्त थापाको लय रहेको गितको म्युजीक भिडीयो बेनीमै छायांकन गरिएको थियो ।

गितमा बिशेष गरेर म्याग्दी जिल्लाको पञ्चेबाजामा प्रयोग हुने पुरानो भाका र शब्दको प्रयोग गरेर मौलीकता झल्काउन खोजीएको छ । बेनीमा होटल र दोहोरी साँझ ब्यवसाय सञ्चालन गरेका भारतीय सैनीकबाट सेवा निवृत भएका जिसी र केसीले यसअघि गिती एल्बम ‘लोभै लाउने जिउ’ बजारमा ल्याउनु भएको थियो ।

पहिलो एल्बमबाट प्राप्त सांगितीक सफलतासंगै स्थानीय लोक भाकाको संरक्षण र प्रर्वद्धन गर्ने उद्देश्यले दोस्रो पटक बजारमा ल्याएको पञ्चेबाजा एल्बम मार्फत पनि स्रोता दर्शकबाट साथ पाउने जिसीको अपेक्षा छ ।