पर्वत सेवासमाज इजरायलको सामाजिक कार्यमा अग्रसरता

विकल्प न्यूज /बेनी
पर्वत,माघ १० गते । विभिन्न पेशा तथा रोजगारीका शिलसिलामा इजरायल पुगेका पर्वतेलीहरुले जिल्लाको मानविय कार्यको क्षेत्रमा जुट्न थालेका छन् । उनीहरुले त्यहाँ पर्वत सेवासमाज इजरायल नामक संस्था स्थापना गरेर जिल्लाको सामाजिक र परोपकारी क्षेत्रमा काम गर्न थालेका हुन ।
संस्थाको हालै सम्पन्न प्रथम पहिलो अधिबेशनका अवसरमा जिल्लाको परोपकारी क्षेत्रमा एकलाख पचास हजार रुपियाँ सहयोग गरेको संस्थाकी संस्थापक महासचिव दिपिका भुषालले जानकारी दिनुभएको छ ।

12576141_766756590121261_1863093354_n
“बाध्यताले देखायो प्रदेशको बाटो नबिर्सौं कसैले जन्मेको माटो” नाराका साथ उनीहरु इजरायलमा संगठीत भएका छन् । पर्बत जिल्लाको आर्थिक,सामाजिक र परोपकारी क्षेत्रमा क्रियाशिल रहने गरी स्थापना भएको समाजले भविष्यमा पनि जिल्लाको सामाजिक क्षेत्रको सहयोगलाई निरन्तरता दिने महासचिव भुषालले बताउनुभयो । पर्वतमा जन्मी इजरायलमा विभिन्न रोजगारी र पेशा गरी वसेकालाई समाजले संगठीत गरी मानविय कार्यमा सहयोग बढाउँदै जाने उद्देश्य लिएको भुषालले बताउनुभयो ।

12626062_766756596787927_350361205_n

हालैमात्र समाजले जन्मजातनै अपाङग हुनुभएका राम्जाठाँटी ९ का तिस बर्षीय प्रकास गिरिको परिवारलाई पचासहजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।
स्थानीय समाजसेवी रणबहादुर क्षेत्री र क्याप्टेन देबबहादुर क्षेत्रीले पीडित गिरीका ८० बर्षीय बुवा लाइ सो रकम हस्तारण गर्नुभएको छ । अपाङग गिरि लाइ उहाँको ८० बर्षीय बुवाले रेख देख गर्दै आउनु भएको छ । गिरि परिवार आर्थिक रुपमा कमजोर रहेको छ ।

सहयोग रकम संकलन गरी ८० वर्षीय वुवाले अहिले सम्म छोराको पालनपोषण गर्दै आउनुभएको छ । आर्थिक अवस्था कमजोर भएकाले छोराको पालन पोषणमा समस्या आएको उहाँले बताउनुभयो । पर्वत सेवा समाज इजरायलले गरेको सहयोगको प्रशंसा गर्दै ८० वर्षीय वुवाले सवैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।
आर्थिक अभाबका कारण कस्टकर जिबन भोगिरहेका गिरि लाइ थप जिविकोपार्जनको लागि सहज होस् भन्ने उदेश्य राख्दै शो रकम प्रदान गरेको समाजले जनाएको छ ।

12583771_766756583454595_1167664175_n
यस अघि जिल्लाको ठुलीपोखरी ५ अर्जिकोटका शारिरिक रुपले असक्त ६१ वर्षीय टेकबहादुर कुँवर र कुश्मा निवासी एक नरायण कुमालका दुई वर्षिय छोरा मिर्गौला पीडित इश्वर कुमाललाई उपचारको लागि थप सहयोग पुगोस भनेर आर्थिक सहयोग गरेको समाजकी संस्थापक महासचिव भुषालले जानकारी दिनुभएको छ ।
साथै पर्बत सेवासमाज इजरायलले आफ्नो स्थापना कालको सफल एक बर्ष यहि जनवरी १५ को दिन इजरालको तेलबीमा भव्यताका साथ मनाएको महासचिव भुषालले बताउनुभयो ।
उक्त दिन संचार क्षेत्र बाट समाजको हितको लागि स्थापनाकाल देखि हाल सम्म बिशेष योगदान पु¥याउदै आउनु भएका इजरायलका लागि संचारकर्मी कृष्ण भण्डारी र नेपाल पत्रकार महासंघ पर्बतका अध्यक्ष तथा प्रेस चौतारी नेपालका बरिस्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा लाइ समेत सम्मान गरेको थियो ।